आजको राशिफल : बि.सं. २०७५ साल असार ६ गते बुधबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ६ गते बुधबार इश्वी सन् २०१८ जुन २० तारीख ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथी प्रात ०९:५४ बजे सम्म पश्चात अष्टमी तिथी चन्द्रमा सिंह राशिमा १२:४१ बजे सम्म पश्चात कन्या राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु कुमार यात्रा विश्व शरणर्थी दिवस – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहेकोछ । नयाँकार्य थालनिले मन प्रशन्न रहला । मध्यान पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्धिहुनेछ । स्वास्थमा सामान्य तनाब उत्पन हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य मानसम्मान प्राप्तीको योग रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मध्यान पश्चात अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । बौधिक ब्यतित्वहरुको साथ सहयोगले आम्दानि उत्तम रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनहरुको साथ सहयोगमा बृद्धिहुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मध्यान पश्चात पारीवारका सदस्यहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । यात्रामा सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

एकान्त प्रिय हुने योग रहेको छ । ब्यापार ब्यवसायमा राम्रो समय रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य क्षेत्रको सामान्य झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । धनमालमा क्षति पुग्न सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । सामान्य खर्च हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त रहला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी