नेपाली कांग्रेस कञ्चनपुरले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले मूल्यवृद्धिको विरोधमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
पार्टी सभापति हरिप्रशाद बोहराको अध्यक्षतामा बसेको बैठकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय ६५ वर्ष उमेरमा पाउने सामाजिक सुरक्षा भत्ता र पालन–पोषण भत्ता ओली नेतृत्वको सरकारले कटौती गरेको प्रति आपत्ति जनाउँदै तत्काल उक्त निर्णय सच्याउन पनि सरकारसँग माग गरेको छ ।
बैठकले आगामी साउन १५ गतेभित्र गाउँ कार्यसमिति र नगर कार्यसमितिको सम्मेलन गरेर साउन मसान्तसम्ममा क्षेत्रीय समितिको सम्मेलन सम्पन्न गर्न मातहतका कार्यसमितिहरुलाई निर्देशन दिएको सञ्चार तथा प्रचार–प्रसार विभाग प्रमुख चक्र महताले बताए ।
प्रमुख महताका अनुसार बेदकोट नगर कार्य समिति गठन र भीमदत्त नगरपालिका–१० को रिक्त रहेको अध्यक्ष पदको निर्वाचन असार १६ गते गर्ने निर्णय पनि गरिएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक