प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ ।
एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिए ।
बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ । यसैगरी, एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुबै संगठनको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीमा महासचिव राईले जानकारी दिए । बैठकमा प्रेस चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर पाठकको सहभागिता रहेको थियो ।
नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले तीन महिनाभित्र सबै भातृ संगठनको एकताप्रक्रिया टुंग्याउने निर्देशन दिएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक