प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउन संविधान संशाेधन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने तयारी भएको बताएका छन्।

‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन्’,पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो।’ उनले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरु सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणाली घोषणा गर्ने बताए।

कार्यकारी राष्ट्रपतिबारे सरकारमा रहेका सबै दलका नेताहरुबीच सहमति भइसकेकाे उनकाे भनाइ थियाे। गणतन्त्र ल्याउन कम्युनिष्टहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अगाडि थपे,‘गणतन्त्रको रक्षा गर्छौँ, अटोक्रेसीतिर त जाने सम्भावना नै छैन, आम नेपाली ढुक्क हुनुहोस्।’

उनले सरकारलाई दुई तिहाई मत प्राप्तभएसँगै विगतमा भएका राजनीतिक सहमतिअनुसार संविधान संशोधनको बाटो खुलेको उल्लेख गरे। ‘अब बिगतमा भएको सहमतिअनुसार संविधान संशोधन गर्छौं, संशोधनको बाटो दुई तिहाइ मतले खुलाइदिएको छ’, उनले भने,‘अब मधेशका मुद्दा पनि संविधान संशोधनमार्फत समाधान हुनेछन्। संघीय समाजवादी फोरमको सरकारमा सहभागितासँगै प्रदेश नं २ मा कसैले चलखेल गरी अस्थिरता मच्चाउने हुन् कि भन्ने डर र खतरा समेत टरेको उनले बताए।

सातवटै प्रदेशमा पाँच वर्षको लागि स्थिर सरकार बनेको अध्यक्ष दाहालकाे उद्घोष थियो। अन्तर्राष्ट्रिय रुपमा कम्युनिष्टहरु रक्षात्मक रुपमा रहेकै बेला दुई कम्युनिष्ट पार्टीको एकताले विश्वमै सकरात्मक सन्देश दिएको दाहालले उल्लेख गरे। ‘दुई कम्युनिष्टको एकताले अन्तराष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जल देखाइदिएको छ, दुई कम्युनिष्ट पार्टी एकतासँगै जिम्मेवारी र चुनौति पनि पनि थपिएका छन्’, उनले भने।

दुई तिहाईको सरकार बनेका बेला यो वा त्यो कारण देखाएर विकास र समृद्धि भएन भन्ने अवस्था नभएकोले अबका पाँच बर्ष विकास र समृद्धिका लागि काम गरेर खाउने उनले बताए। सरकाको पहिलो बजेट देशको आर्थिक असन्तुलन र व्यापार घाटालाई महसुश गरी प्रचारमुखीभन्दा पनि आर्थिक सन्तुलनको लागि भएको उनको भनाई थियो।

प्रदेश र स्थानीय तहलाई केन्द्रले जुन प्रतिशतमा बजेट दिनु पर्ने थियो त्यो मात्रामा बजेट दिन नसकेको उनले स्वीकारे। अध्यक्ष प्रचण्डले निर्वाचन साह्रै खर्चिलो भएको र सामान्य मान्छेले धान्नै नसक्ने करोडौं खर्च गर्नु पर्ने अवस्थाको अन्त्यको लागि शासकीय स्वरुप निर्वाचन प्रणालीबारेको मानशिकता नै बदल्नु आवश्यकता भएको औंल्याए। नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कास्कीसँग आफ्नो भावनात्मक सम्बन्ध भएको उल्लेख गर्दै फेवाताल संरक्षणको लागि काम गर्ने आश्वासन पनि दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने