चपाएर खाँदा यत्तिधेरै फाइदा !

SHOULD-WE-REALLY-CHEW-OUR-FOOD-32-TIMES-BEFORE-SWALLOWING-5पाचनक्रिया सहज :

खानालाई राम्रोसंग पचपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ । हामीलाई ग्यास्ट्रिक रोग लाग्ने धेरै कारणमध्ये राम्रोसँग नचपाएर खानु पनि एक हो । राम्रोसँग चपाएर कम भोजन गर्ने, वेलावेलामा उपवास बस्ने गर्दा पनि पाचन क्षमता बढ्छ ।

मस्तिष्कको कसरत :

अहिलेसम्म कुनै मस्तिष्कको कसरत गर्ने खास विधि पत्ता लागेको छैन । मस्तिष्कलाई कसरत गर्ने एउटै मात्र प्राकृतिक तरिका राम्रोसँग चपाउनु हो । हामीले खाना खाँदा दाँतले चपाउनुपर्ने हुन्छ । उक्त वेला मस्तिष्कको राम्रो कसरत हुन्छ । किनकि दाँतसँग मस्तिष्कको नसाको सम्बन्ध हुन्छ । मस्तिष्कले हाम्रो सम्पूर्ण शरीरलाई सन्तुलन गरी स्वस्थ बनाउने हुँदा मस्तिष्कको ख्याल राख्न अत्यन्त जरुरी छ ।

दाँत बलियो :

अहिलेका मानिसको दाँत कमजोर हुने र दाँतसम्बन्धी थुप्रै समस्या भएको पाइएको छ । दाँतलाई चपाउन जति प्रयोग गर्छौं त्यति नै अनुपातमा दाँत बलियो हुन्छ । त्यसैले खाना खाँदा हतार नगरी बिस्तारै चपाएर खाने गरेमा दाँतको समस्याबाट मुक्ति सम्भव छ । गाँउघरमा मकै, भटमास बढी खाने हुँदा वृद्धावस्थासम्म पनि दाँत कमजोर भएको पाइँदैन । तर, सहरमा न राम्रोसँग चपाउन फुर्सद छ, न त स्वास्थ्यबद्र्धक भोजन नै । त्यसैले त धेरैमा दाँतको समस्या हुने गरेको पाइएको छ ।

रिस नियन्त्रण :

हामीमध्ये धेरै रिस उठ्नेबित्तिकै दाँत किट्ने गर्दछौँ । हाम्रो दाँतको तल्लो भागमा रिसको प्रतिबिम्बबिन्दुहरू हुन्छ । हामीले चपाएर खाना खाँदा दाँतमा रहेको उक्त बिन्दुहरूमा मालिस भएर रिस, तनाव विसर्जन हुन सहयोग गर्दछ । कुकुरको जीवनशैलीलाई हेर्ने हो भने कुकुरले हड्डीलाई चपाएर, टोकेर आफ्नो रिसलाई विसर्जन गरिरहेको हुन्छ । कुकुरले दाँतको बढी प्रयोग गर्ने हुँदा कुकुरको दाँत कमजोर हुँदैन ।

मोटोपन नियन्त्रण :

हामीले खाने खानाबाट नै बोसो बन्छ । शरीरमा बोसोको मात्रा बढ्दै गएपछि शरीरमा मोटोपन पनि बढ्दछ । हामीले राम्रोसँग नचपाएर खाना खाँदा उक्त खाना ऊर्जामान भएर बोसोमा रूपान्तरण हुन पुग्दछ । त्यसैले अहिले कसरत गरेर मात्र तौल कम नभएको कारण पनि यही हो । छिटो तौल कम गर्ने नाममा अत्यन्त कम खाने, आवश्यकभन्दा बढी कसरत गर्नुले पनि शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउन सक्छ । खाना कम गर्नुभन्दा चपाएर खाने गरेमा अनावश्यक मोटोपन पनि बढ्दैन र कम खाए पनि ऊर्जा पर्याप्त बन्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना