नाम संशोधनका लागि आयोगमा कागजपत्र पठाउँदै नेकपा

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेकाे नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधनका लागि आज निर्वाचन आयोगमा कागजपत्र पठाउँदैछ।

नाम संशोधनका लागि सबै कागजपत्र तयार भइसकेकाले आज (बिहीबार) आयोगमा बुझाइने नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

उनकाअनुसार अब अन्डरलाइनको सट्टा कोष्ठभित्र (नेकपा) राखिनेछ। अर्थात् अब पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ रहने छ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रबीच यही जेठ ३ गते पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। सोही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

तर आयोगले नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नेपाल कम्युनिस्ट पार्टीले नाम संशोधन गर्न लागेको हो।

आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी पहिलै दर्ता छ। नेत्रविक्रम चन्दले दल दर्ता नगरे पनि नेपाल कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्दै आएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि भने कसैसँग नाम नजुध्ने नेता नेम्वाङले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा