संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने समाजवादी काँग्रेसको घोषणा

नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

समाजवादी काँग्रेसले आज आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा गर्यो ।

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताए ।

सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उनले दाबी गरे ।

पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा पार्टी कार्यालयमा सरकारले धरपकड गरेकामा उनको आपत्ति थियो ।

“सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन, अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं”, महासचिव निरौलाले भने ।

पार्टीले वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यसलगत्तै प्रहरीले पार्टी कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित कार्यकर्तालाई गिरफ्तार गरी छ दिनपछि रिहा गरेको थियो ।

सो दिन प्रहरीले समाजवादी काँग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यालय पनि आजै पत्रकार सम्मेलन गरेर खोलिएको छ । छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नेसमेत सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

वाईसीएलका पाँच पूर्व उपाध्यक्ष माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त

काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व

लुम्बिनी विकास कोष नेतृत्वविहीन, प्रशासन ठप्प : कर्मचारी र भिक्षु आन्दोलित

रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का