मुख्यमन्त्री राउतको भनाई अनुपयुक्त र गैरजिम्मेवार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा जनकपुरमा व्यक्त गरेको धारणाको खण्डन गरेका छन्। मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराउँदै ओलीले मुख्यमन्त्री राउतको धारणा ‘कुटनीतिक मर्यादाको कसीमा अनुपयुक्त’ रहेको बताए।

Untitled-1

प्रदेशका २ का मुख्यमन्त्री राउतले २८ गते नागरिक अभिनन्दनको क्रममा ‘नेपालको संविधान विभेदकारी’ रहेको भन्दै अझै पनि संघर्ष कायम रहेको बताएका थिए। उनले ‘राज्यबाट लागू भएको मधेशी विरोधी नीति, पूर्वाग्रह तथा विद्वेषपूर्ण मानसिकताका कारण मधेसका जनता गरिब र शोषित र उत्पीडित जीवन ज्यूँन बाध्य’ रहेको धारणा मोदी सामुन्ने राखेका थिए।

आइतबार प्रधानमन्त्री ओलीले राउतको धारणालाई संसदबाट खण्डन गरेका हुन्। यद्यपी ओलीले राउतको नाम भने लिएनन्।

‘नागरिक अभिनन्दनकमा अभिव्यक्त कुरा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसीमा अनुपयुक्त रहेको देखियो’, ओलीले प्रतिनिधि सभा बैठकमा भने, ‘अनुभवको कमीको आधारमा होला।’

राष्ट्रिय सभाको बैठकमा भने ओलीले राउतको धारणालाई लक्षित गर्दै गैरजिम्मेवार अभिव्यक्ति भएको बताए।

‘अभिनन्दन कार्यक्रमको सन्दर्भमा कुटनीतिक मर्यादाको विपरीतका अभिव्यक्ति नआउनुपर्थ्यो। अभ्यासको कमीले होला या तरिका नपुगेर होला कुनै हिसाबले आए’, ओलीले भने, ‘सबै अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका मातहतमा हुन्छ। संघीय सरकारले गैरजिम्मेवार प्रकारका अभिव्यक्तिलाई आफ्ना व्यवहारले सच्याएको छ। ती अभिव्यक्ति आफ्ना ठाउँमा रहे।’ राष्ट्रिय सभा बैठकमा ओलीले केन्द्र सरकारले संविधान र आन्तरिक समस्या समाधान आफैं गर्ने बताए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने राउतको धारणा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नआएको सेतोपाटीलाई जानकारी दिए। ‘उहाँको सम्बोधनबारे कुनै सम्पर्क र समन्वय भएको थिएन’, ज्ञवालीले भने।

‘के परराष्ट्र मन्त्रालयले राउतलाई स्पष्टीकण सोध्छ?’, भन्ने सेतोपाटीको प्रश्नमा ज्ञवालीले ‘प्रधानमन्त्रीले संसदबाट स्पष्ट गरिसकेको’ जवाफ दिए। ‘पहिलो अभ्यास भएकाले उहाँले पनि पाठ सिकिसक्नु भएको होला’, ज्ञवालीले भने, ‘हरेकले आफ्नो मर्यादाको पालना गर्ने हो। के गर्ने? भन्ने विषयमा आचारसंहिताभित्र रहने कुरा हो।’ राउतले भने आफ्नो अभिव्यक्तिको पक्षमा अडान लिएका छन्।

‘यो हामीले पहिलादेखि नै उठाइ राखेको विषय हो’, सेतोपाटीसँग राउतले भने, ‘यो विषय उठाइ राखेको हो र हामी उठाइ राख्छौं। विरोध गर्ने गरिराखुन् मलाई केही फरक पर्दैन।’

प्रधानमन्त्री मोदीले राष्ट्रिय सभाबाट भारतीय सांसद कीर्ति आजादको ट्विटको पनि खण्डन गरेका छन्। भाजपाका सांसद आजादाले जनकपुरलाई भारतमा मिसाएर मिथिला राज्य बनाउन मोदीलाई ट्विटमार्फत आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले आदाजको भनाइ गलत मनसायबाट आएको बताए।

‘गलत मनसायले अर्नगल प्रचार पनि भए। ट्विट वक्तव्य आदिबाट भ्रम फिजाउन खोजेको देखियो’, प्रधानमन्त्री ओलीले भने, ‘अनुचित र नेपालको प्रति दुश्मन भाव राख्ने त्यस्ता प्रवृति छन् भन्ने पनि हामीले थाहा पाउनुपर्छ।’

उनले भारतीय प्रधानमन्त्रीले नेपालको अखण्डताको पक्षमा राखेको धारणाबाट आजादाको भनाइको खण्डन भएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक