वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामा संसदमा छलफल

सरकारका तर्फबाट पेस भएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामा संघीय संसदमा अाजदेखि छलफल हुँदैछ । सभामुख कृष्णबहादुर महराले सिद्धान्त र प्राथमिकतामाथि बिहिबार बिहान ११ बजेदेखि छलफलको समय तोकेका  छन् ।

prtinidhi-sava-samsad-1024x597

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका  थिए । दलीय आधारमा छलफलमा भाग लिनका लागि समय निर्धारण गरिएको छ । अर्थमन्त्री खतिवडाले सरकारको विकासप्रतिको सोच, अघि बढाइएका खाका तथा तत्कालीन आवश्यकतामा रहेर प्राथमिकता तय गरेको सदनमा बताएका  थिए ।

पेस भएको सिद्धान्त र प्राथमिकता अनुसार सरकारले संविधान कार्यान्वयन, मौलिक हक प्रचलन, गरिबी निवारण लगायतलाई प्राथमिकता दिएको छ । बजेटका सिद्धान्त र प्राथमिकताको छलफल सकिएपछि सदनबाट अनुमोदन हुनेछ ।

सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्दैछ । बजेट पेसअघि जेठ १ गते सरकारका तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने