अब ट्रक व्यवसायमा रहेको सिन्डिकेट तोड्ने तयारीमा सरकार !

सार्वजनिक यातायातका साधनमा रहेको सिन्डिकेट अन्त्य हुनै लाग्दा ढुवानी सेवा दिने मालबाहक ट्रकमा झनै ठूलो सिन्डकेट रहेको विषय बहसमा आएको छ ।

trucks_Reuters

मालबाहक ट्रक व्यवसायीहरूको एकाधिकार हरेक रुटमा देखा पर्ने गरेको उपभोक्ताहरू बताउँछन् ।  काठमाडौं उपत्यकामा हलुका सामान ढुवानी गर्नेदेखि ठूला ट्रक व्यवसायीहरूले मनोमानी ढंगले ढुवानी भाडा तथा रुट निर्धारण गर्ने गरेका छन् ।

यसरी मनोमानी तरिकाले रुट र भाडा निर्धारण गर्दा पनि नियमनकारी निकाय मौन रहँदा उपभोक्ता ठगीमा परिरहेको उपभोक्ता अधिकारवादीहरू बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी शहदेव गौतम भन्छन्, ‘ट्रक व्यवसायीहरूले सानोतिनो सामान आसोरपसार गर्नेदेखि लिएर ठूला सामान ढुवानीमा चर्को मूल्य तिराउने गर्छन् । मालसमान ढुवानी गर्दा बजारको महंगाई ब्योहोर्नुपर्ने देखि लिएर उपभोक्ताहरू प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।’

सीमापारिबाट सामान ढुवानी गर्दा ट्रक व्यवसायीहरूले मनोमानी भाडा निर्धारण गर्दा उपभोग्य बजारमा प्रत्यक्ष असर पर्ने गरेको उद्योगी व्यवसायीहरू बताउँछन् ।

ढुवानी अत्यधिक महंगो हुँदा नेपाली उपभोग्य वस्तुमा ३ देखि १० प्रतिशतसम्म मूल्य थप हुने उद्योगी व्यवसायीहरूको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेश मल्लले ट्रक व्यवसायीको मनोमानीका कारण नेपाली उद्योगको लागत अत्यधिक बढिरहेको बताए ।

‘ट्रक व्यवसायीले लिने महंगो शुल्कको प्रत्यक्ष मार उपभोक्तामा पर्ने गरेको छ,’ उनले भने, ‘हामी केरुङबाट एक गाडी सामान काठमाडौंसम्म ल्याउँदा ३ लाखको हाराहारीमा तिर्नुपर्छ, त्यतिको लागत ३०/३५ हजार पनि पर्दैन ।’

बजारमा अत्यधिक महंगी बढ्नुमा ट्रक व्यवसायीको मनोमानी भाडा वृद्धि पनि प्रमुख कारण भएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । उनले भने, ‘ट्रक व्यवसायीहरूले मनोमानी भाडा लिँदा उद्योगी व्यवसायीको लागत बढ्ने गर्छ, जसका कारण बजारमा महङ्गी बढ्ने गरेको छ ।’

ट्रक व्यवसायीहरूले भने सिन्डिकेट आरोप मात्रै भएको दाबी गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालबाहक ढुवानी सेवातर्फका उपाध्यक्ष समेत रहेका यादवलाल श्रेष्ठले लागत अनुसारको भाडा लिएको हुँदा मनोमानी भयो भन्ने आरोप निराधार रहेको बताए । कोही कसैले गल्ती ग¥यो भन्दैमा सबै व्यवसायीलाई एउटै टोकरीमा राख्न नहुने उनको भनाइ छ ।

यता सरकारले पनि दोस्रो चरणमा ट्रक व्यवसायमा रहेको सिन्डिकेट अन्त्य गर्ने बताएको छ । यातायात व्यवस्था विभाले पहिलो चरणमा बस व्यवसायीको मनोमानी तोड्न सफल भएको र अब दोस्रो चरणमा ट्रक व्यवसायीहरूको एकाधिकार तोड्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले ट्रकको सिन्डिकेटको जालो पनि चौतर्फी रहेकाले अब ट्रक व्यवसायमाथि अपरेसन गर्ने बताए ।

उनले भने, पहिलो चरणमा सरकारले बस व्यवासायीको मनोमानी तोड्न सफल भएको छ, दोस्रो चरण ट्रक व्यवसायीमाथि अपरेसन गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने