सुझाव ग्रहण गर्ने/नगर्ने प्रधानमन्त्री ओलीजीकै मर्जी : डा. बाबुराम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आसन्न नीति तथा कार्यक्रम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग बालुवाटारमा छलफल एवं परामर्श गरे ।

31961860_1272805186190322_5825968831733956608_n

प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीहरुले पनि आफूले जानेबुझेको सुझाव दिए । यस्तैमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि आफूले जाने बुझेको सुझाव प्रधानमन्त्रीलाई दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँगको छलफलपछि सामाजिक संजालमा आफना धारणा राख्दै यस्तो बताएका हुन् । भट्टराईकाअनुसार प्रधानमन्त्रीलाई जानेबुझेको सुझाव दिइयाे  र ग्रहण गर्ने/नगर्ने ओलीजीकै मर्जी तर बडी ल्यांग्वेज सकारात्मक रहेकाले आशा गरौं भनेर लेखेका छन्

डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘प्रम ओलीले सरकारको आसन्न नीति तथा कार्यक्रम र भारतीय प्रमको नेपाल भ्रमणबारे पूर्व प्रमहरूलाई जानकारी गराउँदै सुझाव माग्नु भएकाले हामी सबैले जानेबुझेसम्मका सुझाव दियौं ! ग्रहण गर्ने नगर्ने वहाँकै मर्जी !! बडी ल्यांग्वेज सकारात्मक रहेकाले आशा गरौं !!!’

यस्तै उनले थप्दै लेखेका छन्,  ‘सबैको चासो रहेको निर्वाचन क्षेत्र विकास कोषवारे चाँहि निर्वाचित जनप्रतिनिधिहरूलाई बजेट निर्माण प्रक्रियामा सक्रिय संलग्न गराउने विधिको विकास गर्नुपर्ने तर छुट्टै रकम दिइरहनु नपर्ने राय व्यक्त गरियो !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने