सरकार र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले यसअघि घोषणा गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको हो ।

Yatayat-2-1170x500

पाँच बुँदे सहमतिअनुसार यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएका छन् ।

त्यस्तै एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने, सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया यथासिघ्र अगाडि बढाउने, यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समिति २०७४ बाट पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने र यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुबीर महासेठको उपस्थितिमा आइतबार मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको छलफलबाट सो सहमति भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने