प्रहरी चौकीमा आक्रमण, अश्रु ग्याससहित ३० राउण्ड हवाई फायर

जँड्याहा भारतीय नागरिक र मोबाइल चोर छुटाउन प्रहरी चौकीमा गाउँपालिका उपाध्यक्षसहितको टोलीको आक्रमण गरेपछि पर्सामा आश्रु ग्याससहित ३० राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । 

झडपमा प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक शुकेश्वर महतो, पाँडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी जवान जयप्रकाश यादव घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिए । 

मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयको टोलीले ईलाका प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि झडप भएको रेग्मीले जानकारी दिए । उनका अनुसार जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीसहित केही प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको छ ।  

प्रहरीले भारतको बेतिया जिल्ला भंगहाका बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो,  दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र एउटै मोटरसाइकलमा सवार रहेको पाएपछि नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीले प्रहरीको बा २ ब ५७०५ र ना १४ प ४५७७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने