May 7, 2018

 एकताको औपचारिक घोषणा  मात्र गर्न बाँकी  : प्रचण्ड

  बैशाख २४ 

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ– एकताको औपचारिक घोषणामात्र गर्न बाँकी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा भएको प्रगतिबारे ब्रिफिङ गर्दै पार्टी एकताका सबैजसो विषय मिलिसकेको भन्दै औपचारिक घोषणा गर्नमात्रै बाँकी रहेको बताएका छन् ।  एमाले अध्यक्ष केपी ओलीसँग पद बाँडफाँट र जनयुद्धको विषयमा समेत कुरा मिलिसकेको उनले जानकारी गराएका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार ओलीपछि दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र अध्यक्ष तथा जनयुद्धको टुंगो महाधिवेशनले लगाउने सहमति शीर्ष नेतृत्वबीच भइसकेको छ । ती नेताका अनुसार पार्टी एकताको विषयमा एमाले र माओवादी केन्द्रबीच सबै कुरामा सहमति जुटिसकेको अध्यक्ष प्रचण्डले सांसदहरुलाई जानकारी दिएका थिए । 

“आलोपालो प्रणालीअन्तर्गत पार्टी एकतामा सहमति जुटिसकेको अध्यक्षले बैठकमा जानकारी गराउनुभयो । पार्टी एकताको लागि अब कुनै पनि विषय बाँकी छैनन् । घोषणा कहिले गर्ने भन्नेमात्र हो । अध्यक्ष प्रचण्डले सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने तथा जनयुद्ध शब्द र पार्टी अध्यक्षबारे महाधिवेशनमा टुंगो लाग्ने सहमति जुटेको छ । महाधिवेशनसम्म द्विअध्यक्षात्मक प्रणालीअन्तर्गत दुवैजना अध्यक्ष हुनुहुन्छ,” माओवादी केन्द्रका एक नेताले भने । उनका अनुसार केन्द्रीय कमिटीको संख्या बढाएर भए पनि लगभग बराबरी हैसियतमा पार्टी एकता गर्ने सहमति भएको छ । 

सोमबार साढे ३ घन्टा भएको संसदीय दलको बैठकमा माओवादीका मन्त्री तथा सांसद सहभागी थिए । बैठक भोलि पनि बस्नेछ । बैठकमा बजेट निर्माणबारे पनि छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । बैठकमा सहभागी मन्त्रीहरुले अर्थ मन्त्रालयले दिएको बजेट सिलिङअनुसार काम भइरहेको र विगतका बजेट सिलिङ र अहिलेको बजेटको सिलिङमा अन्तरको विषयमा जानकारी गराएका थिए । मन्त्रीहरुले अहिलेको बजेट घटेर आउन लागेको भन्दै उक्त बजेटले प्रदेशमा स्थानीय तहलाई समेट्न नसक्ने बताएका थिए ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतका अनुसार बैठकमा सांसदहरुले परम्परा तोड्नेगरी बजेट ल्याउनुपर्ने धारणा राखेका थिए । नयाँ बजेट कम्तीमा १५ खर्बको हुनुपर्ने उनीहरुको भनाइ छ । माओवादी केन्द्र र एमालेले एकताका लागि जेठ पहिलो साता संयुक्त महाधिवेशन गर्ने तयारी गरेको पनि नेता बस्नेतले जानकारी दिए । दुवै पार्टी विघटन र नयाँ पार्टी निर्माणका लागि संयुक्त अधिवेशन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता