राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले फौजदारी अभियोग लागेका सांसदहरुको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्था कायम गराउन माग गरेको छ । राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी आपराधिक गतिबिधिमा संलग्न सांसदको पद निलम्बन नहुने गरी गर्न लागिएको कानूनी व्यवस्थाप्रति आपति जनाउँदै यस्तो माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कानुनी व्यवस्थाले सुशासनको मान्यता कमजोर हुने र राजनीतिमा अपराधिक प्रवृत्तिलाई प्रोत्साहन गर्नेछ । राप्रपा सबै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यस अघिको कानूनी व्यवस्था कायम राख्न आग्रह गर्दछ ।’
यो नियमावली मस्यौदा समितिबाट शनिबार पारित भएको थियो । ०७० को संसद नियमावलीमा तीन वर्षभन्दा बढी फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहने सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था थियो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने