भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा तीन दिन बन्द घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउँदा उनले जनकपुर र मुस्तागंको समेत भ्रमण गर्ने निधो गरे लगत्तै त्यहाँको सुरक्षा ब्यबस्था निकै कडा पारिने भएको छ । मोदीले भ्रमण गर्ने काठमाडौँ लगायतका स्थानमा गरेर ११ हजार बढी सुरक्षाकर्मीको प्रयोग गरिने भएपनि नेपाल भ्रमणका क्रममा अन्नपूर्ण पदमार्ग समेत बन्द हुने भएको छ । प्रधानमन्त्री मोदी मुस्ताङ भ्रमण जाने कार्यक्रम तय भएपछि पदमार्ग बन्द गर्न लागीएको मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारी बताउँछन् ।

उक्त पदमार्गमा आवत–जावत तीन दिनसम्म बन्द गरिने तयारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले बताए । उनले भने उक्त क्षेत्रमा भ्रमण गर्ने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले सुरक्षाका लागि पदमार्ग बन्द गर्न लागिएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीका अनुसार भारतीय प्रधानमन्त्री मोदी यही शाख २८ गते मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम भएका कारण त्यसको अघिल्लो र पछिल्लो दिन अर्थात वैशाख २७ देखि २९ गतेसम्म उक्त पदमार्ग बन्द गरिनेछ । जसका कारण अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई तीन दिनसम्म मनाङमै रोकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने