ओठ मानिसको सुन्दरताको प्रतिरुप हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउने गर्दछन् ।
सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन् । ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपाय यस्ता रहेका छन् ।
१. कोको बटरः दुई चम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिने । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्ने । यसमा कोको बटर हाल्ने । यो मिश्रणलार्इ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउने । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।
२. दूधको तरः ओठको सुख्खापन हटाउँन थोरै तरमा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्ने । यसले केही दिनमै ओठ मुलायम र गुलाबी हुनेछ।
३. गुलाबको पत्ताः ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुन्छ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाएर र बिहान धुने गर्नुपर्दछ ।
४. कागतीः कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनु पर्दछ ।
५. केसरः काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउँदा यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ ।
६. महः महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ । यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउने या महमा थोरै स्वाग मिसाएर ओठमा दिनमा दुर्इ पटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।
७. अण्डाः अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।
८. जैतूनको तेलः यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउने गर्दा ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।
९. चुकन्दरः चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुने गर्दछ ।
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए