April 29, 2018

प्रतिपक्षको प्रतिक्रिया : ‘प्रधानमन्त्रीको सम्वोधन चुनावी भाषण जस्तो’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रदेश सभामा गरेको सम्वोधन हावादारी भएको प्रतिक्रिया जनाएको छ । ओलीले पहिलो पटक प्रदेश नम्बर ५ को बैठकमा सम्वोधन गरेका थिए ।

कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको सम्वोधन चुनावी भाषण जस्तो भएको टिप्पणी गरेकी हुन् । 

‘प्रधानमन्त्रीज्यूले कथा सुनाउनुभयो, तथ्यपरक कुरा केही गर्नुभएन’ उनले लोकान्तरसँग भनिन, ‘संघीय सरकारको प्रधानमन्त्रीले कम्तीमा प्रदेशले यिनी– यिनी कार्यक्रम अगाडि बढाउनुहोस । यसरी सफल हुन्छ भन्नुपथ्यो । उहाँले विगतको जस्तै हाँसो लाग्दो भाषण दिएर जानुभयो ।’ 

सम्वोधनका क्रममा ओलीले प्रदेशको विकासको लागि सहयोग गर्ने बताएका थिए । ‘योजनाबद्ध विकासका कुरा प्रधानमन्त्रीले गर्नुपर्छ । हावादारी बोलेर हुँदैन’ क्षेत्रीले भनिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने