बयान लिँदा लिँदै भागेका डिएसपी २४ घण्टापछि पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सन शाक्य हत्या प्रकरणमा बयान लिँदा लिँदै गृह मन्त्रालयबाट बेपत्ता भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) पक्राउ परेका छन् । 

190430100131445142_1706736826047947_668939872156778496_nगृह मन्त्रालयमा बयान दिन पुगेका बेला ट्वाइलेट (शौचालय) जान्छु भन्दै बेपत्ता भएका डिएसपी सञ्जय राउत २४ घण्टापछि पक्राउ परेका हुन् ।

राउत बयान दिन गएका बेला मंगलवार दिउँसो गृह मन्त्रालयबाटै बेपात्ता भएका थिए । २४ घण्टापछि उनी आफैं सम्पर्कमा आएका गृह मन्त्रालय स्रोतले जनाएको छ । आफैं सम्पर्कमा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गृह मन्त्रालयमा बुझाएकाे जनाइएकाे छ । 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानवीन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौड्यालको संयोजकत्वमा गठित समितिले राउतसँग आजै बयान लिने र त्यसपछि थप अनुसन्धानका लागि मोरङ पठाउने तयारी गरेको छ । 

३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी, बहालवाला एसएसपी, एसपी, डिएसपी र सई तानिसकेका छन् । 

पूर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासरात खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३३ किलो सुन प्रकरणमा प्रहरीबाहेक अन्य २० जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने