कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

 शुक्रबार बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको हो । 

शुक्रबार बिहान ११ वजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ११ वजे बस्ने गरी स्थगित भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   विभिन्न जिल्लामा रहेका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न अवरोधका कारण उपत्यका भित्रिन नसकेका कारण बैठक स्थगित गरिएको उनको भनाई थियो । 

बिहीबार राति काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमानले विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि त्रिभुवन विमानस्थलमा उडानहरु प्रभावित भएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको समीक्षा गर्न कांग्रेसले गत चैत ९ गतेबाट केन्द्रीय समितिको बैठक डाकेको थियो । 

भारतको नयाँ दिल्लीमा उपचारत पार्टीका पूर्वमहामन्त्री खुबहादुर खड्काको निधन भए पछि कांग्रेसले चैत १६ गते जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको थियो ।  बैठकमा अहिलेसम्म ४३ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो भनाई राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने