पार्टी एकता गर्ने हो भने एमालेले माफी माग्नुपर्छ !

 “नेकपा माओवादी केन्द्र एमालेको हाराहारीमा हुन सक्दैन, पार्टी एकताको अनुपात कसरी बराबर हुन सक्छ ? स्थानीय तह र संसद्को निर्वाचनको अनुपातका आधारमा मात्रै माओवादीलाई स्थान दिन सकिन्छ,” नेकपा एमालेका एक नेताले बाह्रखरीसँगको कुराकानीमा शनिबार बेलुका भने । नेकपा एमाले र माओवादीका शीर्ष नेताहरुबीच एकता प्रक्रिया सुरु भएदेखि नै एकले अर्को पार्टी र नेता कार्यकर्तालाई गाली गलौज नगर्ने सहमति भए पनि अनौपचारिक कुराकानीका क्रममा भने दुई पार्टीका नेताहरुबीच प्रशस्तै बेमेल देखिन्छ ।

910269988KP-&-prachanda-(1)कुराकानीका क्रममा ती नेताले भोलि (एकतापछि) पार्टीमा आउन सक्ने सम्भावित दुर्घटनाप्रति दुवै दलका नेता अहिलेदेखि नै सचेत छन् । त्यसका लागि आफ्नो भूमिका अहिले नै बलियो बनाउन चाहन्छन् । त्यसविपरीत पनि अहिले विरोधका स्वर बिस्तारै बाहिर आउन थालेका छन् । एमालेका नेताहरु मात्रै होइन, नेकपा माओवादीमा पनि एमालेसँग सम्मानजनक रुपमा मात्रै एकता हुन सक्ने आवाज बिस्तारै उठ्न थालेको छ । माओवादीको युवा संगठन वाईसीयलले त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जनयुद्ध र अनुपात नमिलाउने हो भने एकता नगर्न दबाब दिएको छ ।  आइतबार बिहान प्रचण्डलाई भेटेर विधानमै जनयुद्ध उल्लेख हुनुपर्ने, बराबरको सिद्धान्तका आधारमा मात्रै एकता हुनुपर्ने लगायतका सुझाव दिएको छ । 

देख्दा सचिव सरुवाको विषय देखिए पनि दुवै पार्टीका नेताहरुको भनाईमा एकताका लागि अझै केही गम्भीर गृहकार्य बाँकी नै छन् ।  सचिव सरुवासँग रुष्ट बनेको माओवादी केन्द्र प्रधानमन्त्रीको भारत भ्रमणपछि थप सशंकित बनेको छ ।
यसका लागि एमालेले गरेको गल्तीमा माफी माग्नुपर्ने माओवादी केन्द्रका नेता मणि थापा बताउँछन् । “प्रधानमन्त्रीले सरकारमा रहेका हाम्रा मन्त्रीहरुलाई समेत जानकारी नदिई सचिव सरुवा गर्नुभयो,” थापाले बाह्रखरीसँग कुरा गर्दै भने, “भारत भ्रमणमा जानुअघि हामीसँग सल्लाह पनि गर्नुभएन । यस्तो क्रियाकलापले पार्टी एकतामा धक्का पुग्छ । सरकारमा रहेका मन्त्रीहरुलाई र हामीलाई नै विश्वास गर्नुभएन भने कसरी हुन्छ पार्टी एकता ? एकताको लागि विश्वास हुनुपर्यो नि पहिला । अझै पनि धरै बिग्रिसकेको छैन । पार्टी एकता गर्ने हो भने एमालेले यसबीचमा गरेका गल्तीहरुमा माफी माग्नुपर्छ ।”

उनले आफूहरुले अध्यक्ष दाहाललाई पनि सोही विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए । थापाले विधानमा नै जनयुद्ध लेख्नुपर्ने, एकता बराबरको अनुपातमा हुने अवस्थामा मात्रै एकता अघि बढ्ने बताए ।
“विधानमा जनयुद्ध शब्द हुनैपर्छ । यदी भएन भने जनयुद्धमार्फत प्राप्त उपलब्धि कमजोर हुन सक्छन् । त्यसैले पार्टी एकतामा जाँदा यी विषयमा स्पष्ट हुनुपर्छ ।”

उनले एमाले नेतृत्वले माओवादीसँग माफि मागेपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताए । पार्टी एकताको लागि लागि दुवै दलका नेता सम्मिलित विधान तथा प्रतिवेदन मस्यौदा कार्यदलले पार्टी एकताको प्रारम्भिक खाका तयार पारेपनि एकता संयोजन समितिको बैठक बस्न नसक्दा एकता प्रक्रिया झनै अन्योल बनेको हो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यस विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवन पुगेर समानताको आधारमा पचास पचास प्रतिशत रहने गरी एकता हुने बताएका थिए ।  त्यसपछि शीर्ष नेता सम्मिलित बैठक नै बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने