पोखराको लेखनाथ महानगरपालीकाले बनायो १७ वटा कानुन

nagar-sava-e1520990063254काठमाडौँ, ३० चैत ।  देशकै ठुलो महानगरको रुपमा रहेको पोखराको लेखनाथ महानगरपालीकाले आवश्यक नीति, ऐन, निर्देशिका र कार्यविधि निमार्णको काम सुरु गरेको छ । महानगरको दोस्रो नगर सभाले विभिन्न १७ वटा नीति, ऐन, निर्देशिका र कार्यविधि पारित गरेको हो ।
१९ नम्वरका वडा अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा गठित बिधायन समितीले ति नीति, ऐन, निर्देशिका र कार्यविधि तयार गरेको थियो । गत फागुन २८ गतेदेखी सुरु सभाले १ महिनाको दफावार छलफल पछि ति कानुन पारित गरेको मेयर मानवहादुर जिशीले बताए ।समितिले बनाएका कानुन
समितीले ५ वटा ऐन, ३ वटा नीति, ४ वटा कार्यविधि, ५ वटा निदेशिका र १ विधेयक पारित गरेको हो ।
महानगरीय कृषी, महानगरीय कृषी बजार प्रर्वद्धन, महानगरीय सहकारी, महानगरीय कर्मचारी व्यवस्थापन ऐन पारित गरेको छ । त्यसै समितीले महानगरीय कृषी, महानगरीय पशु र महानगरीय स्वास्थ्य गरि तीन वटा नीति पारित गरेको छ ।
महानगरीय शिक्षा, महानगरीय एफएम रेडियो संचालन, महानगरीय योजना आयोग गठन र महानगरीय विधायन समितिको गरि ४ वटा कार्यविधि पास भएका छन् । त्यसै गरी निर्देशिका अन्तरगत महानगरीय फोहर मैला ब्यवस्थापन, महानगरीय भवन निमार्ण, महानगरीय विज्ञापन नीति तथा निदेर्शिका, महानगरवाट गर्ने बजार अनुगमन निर्देशिका र उपप्रमुख संग महिला कार्यक्रम गरि ५ वटा निर्देशिका सभाले पारित गरेको हो ।
महानगरीय न्यायिक समिति विधेयक रहेको छ ।

महानगरका लागि १ सय १७ वटा कानुन आवश्यक
महानगरकी उप मेयर मञ्जुदेवी गुरुङका अनुसार मेयर जिशीले महानगरपालीकाका लागि १ सय १७ बटा कानुन आवश्यक रहेको जानकारि दिईन । प्रदेश सांसदले वनाएको कानुन संग महानगरले वनाएको कानुन वाझिएमा वा एकै प्रकृतीको भएमा महानगरले वनाएको कानुन स्वतहः रद्ध हुने समेत उनले जानकारि दिईन ।

नाम परिवर्तन गर्ने विषयमा निर्णय भएन
महानगरको हालको नाम पोखरा लेखनाथ बाट लेखनाथ शब्द हटाएर पोखरा महानगरपालीका राख्ने विषयमा भने सभामा छलफल हुन सकेन । विधायन समितिका सभापती समेत रहेका एमालेका तर्फवाट निर्वाचित १९ नम्वरका अध्यक्ष शेभामोहन पौडेलले महानगरको नामवाट लेखनाथ हटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कांग्रेसका तर्फबाट निर्वाचित वडा नं. ९ का अध्यक्ष राजराज लामिछानेले समर्थन गरेका थिए ।
महानगरको करिब दुई तिहाईको समर्थनमा दुई दलका तर्फबाट लगिएको प्रस्ताव सभामा पेश भएपनि मेयर जिसीले त्यसमा कुनै छलफल नै सुरु नगरि सभा समापन भएकोे घोषणा गरेका थिए । मेयरको सो कार्यप्रती सबैले असन्तुष्टि समेत जाहेर गरेका छन् । नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’