April 10, 2018

प्रधानमन्त्री कार्यालयका सचिव हेरफेर

चैत २७,काठमाडौं :  मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा स्थानान्तरण गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयमा भने डिल्लीराज घिमिरे ल्याइएको छ । यस्तै मंगलबारको मन्त्रिपरिषद बैठकले गरिब, सिमान्तकृत, पिछडिएको समुदायका एक छात्रा र एक छात्रलाई सरकारले निःशुल्क भर्ना गर्ने निर्णय गरेको छ ।

त्यस्ता समुदायका बालबालिका कसैको अभिभावक नभए स्थानीय जनप्रतिनिधि, सांसद्को रोहबरमा निःशुल्क भर्ना गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने