काठमाडौँ, २६ चैत । सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो मूल्य बराबरको कारोबार हुने गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले जानकारी दिए।
‘सुनचाँदीको कारोबारबाट राज्यले आठ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त गरिहरेको छ’, उनले भने, ‘यो व्यवसायमा २२ हजार व्यवसायी आबद्ध छन्।’ यो व्यवसायमा तीन लाख जनशक्तिले प्रत्येक्ष तथा अप्रत्येक्ष रूपमा रोजगारी पाइरहेका छन्। यो जनशक्तिमध्ये एक लाख नेपाली कालीगढ हुन भने एक लाख विदेशी कालीगढ रहेको सुनारले बताए।
‘यती ठूलो आकारको व्यवसाय सञ्चालनका लागि स्पष्ट ऐन नहुँदा वर्षौदेखि अन्योलताबीच हामीले व्यवसाय सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘सरकारले व्यवसाय गर्ने कानुनी आधार तय गरिदिनुप¥यो।’ बिना कानुन हामीलाई व्यवसाय गर्न गाह्रो भएको छ’, उनले थपे ‘सुन आयातमा रहेको परिमाणात्मक बन्देजका कारण बजारमा विकृति बढेको छ।’
राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूमा निहित सुन आयात गर्न पाउने एकल अधिकार व्यवसायीलाई पनि दिनपर्ने महासंघले माग राखेको छ। अन्नपुर्ण पोष्टमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’