नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी र व्यापरीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

उनले नेपालमा बजारको समस्या नभएको तर उत्पादनको अभाव भैरहेको बताए। भारतीय उद्योग वाणिज्य संघ र चेम्बरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ओलीले नेपालले लगानीकर्ताका लागि विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेको, भारत र नेपालले भन्सार विन्दुमा संयुक्त चेकपोस्ट निर्माण गरेको तथा नेपालमा मजदुरको लागत समेत कम रहेको भन्दै लगानीका लागि आग्रह गरे। ‘भारत र नेपाल पाँच ठाउँबाट रेल मार्फत् जोडिदैछन्’, ओलीले भने, ‘विशेष आर्थिक क्षेत्रहरु भारतीय सीमानाबाट नजिकै निर्माण गरिएका छन्।‘

उनले जलविद्युत र कृषिमा आधारित क्षेत्रमा लगानीका लागि व्यवसायीहरुका लागि नेपालमा आउन सुझाए। भारत र नेपालबीच दोहोरो कर मुक्तीको सम्झौता भएको तथा ट्रान्समिसन लाइन र विद्युत व्यापारको सम्झौता भएको भन्दै लगानीको उचित वातावरण रहेको धारणा राखे।

भारत नेपालको बीचमा सांस्कृतिक समानता रहेको भौगोलिक निकटता रहेकाले व्यवसायसमा समस्या नहुने उनको भनाई थियो। उनले भारतीय पर्यटकहरुलाई नेपाल जान समस्या नभएकाले पर्यटनमा लगानीका लागि समेत आग्रह गरे।

तीन दिने भारत भ्रमणका लागि प्रभानमन्त्री ओली आज बिहान दिल्ली पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने