मनैदेखि चाहँदा रहेछन् प्रधानमन्त्री केपी ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई

gokul news photo 1 (1)

काठमाडौं ।

शुक्रबार नेपाल चलचित्र कलाकार संघले दोस्रो फान अवार्ड २०७३ आर्मी अफिसर क्लवमा वितरण ग¥यो । दोस्रो फान अवार्ड २०७३ वितरणको प्रमुख अतिथिमा प्रधानमन्त्री के.पी. शर्मा ओली हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिहरुमा सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायत हुनुहुन्थ्यो । कार्यक्रम आयोजक नेपाल चलचित्र कलाकार संघले दोस्रो फान अवार्ड २०७३ मा कलाकार नीरविक्रम शाहलाई प्रमुख अतिथि प्रधानमन्त्रीबाट र अन्य फान अवार्ड विजेता कलाकारहरुलाई विशेष अतिथि सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री राज्यमन्त्री गोकुल बास्कोटा र अन्य अतिथिहरुबाट पुरस्कार वितरण कार्यक्रम तय गरिएको थियो । जब कलाकार नीरविक्रम शाहलाई दीर्घ साधना सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घोषकले मञ्चमा बोलाए, कलाकार नीरविक्रम शाहलाई पनि मञ्चमा बोलाइयो, प्रधानमन्त्री ओलीले के बुझ्नु भयो ? कार्यक्रमका विशेष अतिथि सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई पनि आफूसँगै बोलाउन ईशारा दिनुभयो । प्रधानमन्त्रीको ईशाराले उद्घोषकले तत्कालै विशेष अतिथि सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री बाँस्कोटालाई पनि मञ्चमै बोलाए । एकाएक त्यहाँ कार्यक्रमको सेड्युल नै अर्को बन्यो । त्यहाँ विशेष अतिथि सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले कलाकार नीरविक्रम शाहलाई ढाकाको टोपीले सम्मान गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्र र नगदले सम्मान गर्नुभयो । प्रधानमन्त्री गएको कार्यक्रम यसै फर्मल हुने भयो । फर्मल कार्यक्रमभित्र पनि समाचार खोज्ने हामी पत्रकारहरुमाझ मनैदेखि चाहँदा रहेछन् प्रधानमन्त्री केपी ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई भन्ने कुराहरु उठे । एकाएक मञ्चमै सेड्युल बनाइएको सोही कार्यक्रममा अन्य पुरस्कारका अवार्डहरु पनि कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओली र विशेष अतिथि सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले संयुक्त रुपमा वितरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई केही निर्देशनहरु दिइएको पत्रकार दीर्घाबाट पनि प्रष्टै देखिन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई निर्देशन दिंदा मन्त्री बास्कोटा भने हुन्छ भनिरहेको भावमा देखिनु हुन्थ्यो । अवार्ड वितरण कार्यक्रम र कलाकारहरुको केही क्षणको मनोरञ्जनात्मक कार्यक्रम हेरेपछि सँगसँगै प्रधानमन्त्रीसँगै सञ्चार सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि कार्यक्रमबाट बाहिरिनु भयो । मन्त्री बास्कोटा सोही कार्यक्रम पश्चात् तत्कालै मन्त्रालय पुगी त्यसपछि प्रधानमन्त्री क्वार्टर बालुवाटार पुग्नु भएको थियो ।सोही कार्यक्रममा कलाकार हरिवंश आचार्यलाई खोजेरै प्रधानमन्त्री के.पी. ओलीले आफू नजिक राख्नुभयो । प्रधानमन्त्री ओलीले कलाकार आचार्यलाई सँगै राख्दा सञ्चार सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि सँगै हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ गतेबाट गर्न लाग्नु भएको भारत भ्रमणमा यसपटकदेखि प्रधानमन्त्रीको भ्रमण टोलीमा कलाकारहरुलाई पनि लैजाने संकेत स्वरुप आचार्यसँग कुरा भएको हो कि भन्ने हामी धेरै पत्रकारहरुलाई लाग्यो । पत्रकार दीर्घाबाट प्रष्टै देखिन्थ्यो–प्रधानमन्त्री के.पी. शर्मा ओली, वरिष्ठ कलाकार आचार्यलाई केही भनिरहनु भएको थियो भने कलाकार आचार्य हुन्छ भन्ने भावमा देखिनुहुन्थ्यो । सोही कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ओतप्रोतबाट सबैको मन छुने गरी आफ्ना भनाईहरु राख्नु भएको थियो । सो कार्यक्रममा कला विधामा उत्कृष्ट २४ जनालाई दोस्रो फान अवार्ड २०७३ वितरण गरिएको थियो । संघले प्रदिप खड्का र साम्राज्ञ ी राज्यलक्ष्मी शाहलाई वर्षको लोकप्रिय नायक÷नायिका सम्मान प्रदान गरेको थियो भने चलचित्र पत्रकारहरु ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मान ०७४ बाट पुरस्कृत गरेको थियो ।

 

 

लेखक -विष्णु प्रसाद चौलागाईं
काभ्रे पोष्ट साप्ताहिकका सम्पादक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं