नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन् ।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजीनतिको उमेर ७० बर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो ।
तर अहिले यी दुवै विषय हटाइएको छ (चीनमा पनि हालै कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाइएको छ)
पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।
एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट ७० बर्ष उमेरहदको विषयलाई लागू गरेको थियो ।
सत्तरी बर्षको व्यवस्था तीन बर्षभन्दा बढी टिक्न सकेन । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा मुख्य खबर छ ।
संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् ।
वैशाख पहिलो साता ८४ लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ देखि निरन्तर नेतृत्वमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ देखि नेतृत्वमा छन् ।
एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दा पाँच जना नेताले नेतृत्व गरेका छन् ।
झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधव कुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’