चैत्र 9, काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गहन छानबिन गरी १३ पाने विवरण भरेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिसकेपछि रातरात उजुरी नै तामेलीमा राखेको खुलासा भएको छ ।
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले २०७४ माघ २९ गते कार्यकाल सकिनु एक साता अघि अर्यालको उजुरी तामेलीमा राखेका थिए । अख्तियारको उजुरी तामेलीमा राखेर भ्रष्टाचारको मुद्दामा जेल जानबाट रोक्न सफल भएका छन् । तर पूर्वआइजीपी अर्यालका छोरा डा. आयुष अर्यालमाथि पोखराको मणिपाल कलेजमा डा.अनिमेष ठाकुरको हत्याको आरोप लागेको छ ।
छोरालाई हत्या आरोपबाट बचाउन उपेन्द्रकान्त अर्यालले पदको शक्ति दुरुपयोग गरी कास्की प्रहरीलाई किटानी जाहेरी नै लिनबाट रोकेका थिए भने भने पोष्टमार्टम रिपोर्टमै चलखेल गरेका थिए । त्यतिलेमात्र नपुगी महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठलाई प्रयोग गरी मुद्दा चल्न नसक्ने निर्णय गराएको खुलेको छ ।
अर्याल आइजीपीबाट अवकाश हुनु एक महिनाअघि २०७३ माघमा महान्याधिवक्ता कार्यालयबाट सुटुक्क आयुष अर्यालमाथि मुद्दा नचल्ने निर्णय गरिएको कुरा अनिमेषका बाबु डा. जीडी ठाकुरले ३ महिनापछि मात्र कुनै एक शुभचिन्तकमार्फत् थाहा पाए । रमणकुमार श्रेष्ठले उपेन्द्रकान्तको छोरामाथि मुद्दा नलाग्ने निर्णय गोप्यरुपमा गरी फाइल लुकाएको आरोप छ ।
डा. जीडी ठाकुरले थाहा पाएपछि महान्यायाधिवक्ता कार्यालयमा प्रतिलिपि माग्न जा“दा दिन मानेनन् । निकै करकापमा प्रतिलिपि दिन महान्यायाधिवक्ता कार्यालयका कर्मचारी बाध्य भएका थिए । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अनिमेष ठाकुरको हत्याको अनुसन्धान गर्दा ठोस प्रमाण नभएकाले आयुष अर्यालमाथि मुद्दा नचल्ने नदेखिएको निर्णय गरेको छ । उपेन्द्रकान्त अर्यालले रमणकुमार श्रेष्ठलाई ठूलै रकम घुस दिएर महान्यायाधीवक्ता कार्यालयबाट गोप्य रुपमा निर्णय गराएको आरोप छ । पीडित पक्षलाई एकपटक पनि नबोलाई थाहासमेत नदिई अनुसन्धान गरी मुद्दा नचल्ने निर्णय रमणकुमार श्रेष्ठले गरेकोे अनिमेषका बाबु डा. जीडी ठाकुरले बताएका छन् । ठाकुरको प्रश्न छ–किटानी जाहेरी दिने पीडित परिवारस“ग सोध्दै नसोधी कसरी अनुुसन्धान ग¥यो महान्यायाधीवक्ता कार्यालयले ? महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध डा. जीडी ठाकुरले सर्वोच्च अदालतमा कारण देखाउ आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरेका थिए । त्यो मुद्दामा सर्वोच्च अदालतले २०७५ बैशाख ७ गते झगडिया झिकाउन आदेश दिएको छ ।
कास्की प्रहरीले किटानी जाहेरी लिन नमानेको मुद्दा पुनरावेदन अदालतले खारेज गरेपछि त्यसविरुद्ध दिएको मुद्दामा पनि २०७५ बैशाख १३ मै सर्वोच्च अदालतले पेशी तोकेको छ । अनिमेष ठाकुरको मृत्युपछि परिवारले दिएको उजुरी किन दर्ता नगरेको भनेर अदालतले प्रहरीस“ग कारण मागेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डा. आयुषको नाममा प्रहरीले किटानी जाहेरी लिन नमानेपछि ठाकुर परिवार अदालत गएको थियो । अब सर्वोच्च अदालतले न्याय दिने अपेक्षा डा. जीडी ठाकुरले गरेका छन् । ‘उपेन्द्रकान्त अर्यालका छोराले मेरो त जिन्दगी बर्बाद गरिदिए’ एमडी गरेको छोरो गुमाएका डा. ठाकुर अहिले पनि भक्कानिंदै भन्छन्–‘सर्वोच्च अदालतले दोषीलाई संजाय दिएर न्याय दिने अपेक्षा गरेको छु ।’
मणिपाल कलेजमा अध्ययनरत डा.अनिमेष ठाकुरको २०७२ असार १९ मा सोही कलेजको तीन तलामाथिबाट खसेर मृत्यु भएको थियो ।
प्रहरी महानिरीक्षक अर्यालका छोरा आयुष र स्वास्थ्य मन्त्रालयका तत्कालीन सहसचिव डा. गरिबदास ठाकुरका छोरा अनिमेष सहपाठी र घनिष्ट मित्र थिए । उनीहरूकै मिल्ने साथी डा. प्रतिसा बस्ने घरको छतबाट खसेर १९ असारमा अनिमेषको मृत्युपछि परिवारले अनुसन्धान गर्न माग गरिरहेको छ । छोराको हत्या भएको हुनसक्ने भन्दै डा. ठाकुरले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा किटानी उजुरी दर्ता गराउन खोजेका थिए । ठाकुरका बाबु डा. गरिबदास ठाकुरले आफ्नो छोराको हत्या भएको किटानी जाहेर कास्की प्रहरीले लिन नमानेपछि उनले पुनरावेदन अदालत(हाल उच्च)ंमा मुद्दा दिए । उच्च अदालतले प्रहरीलाई मुद्दा दर्ता नगरेकोबारेमा जानकारी माग्दा जाहेरी लिएको जवाफ दियो । तर यता प्रहरीले जाहेरी नलिएपछि ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले गरेको मुद्दा नचल्ने निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
फाल्गु्न १, काठमाण्डौं । सामाजिक स्ुरक्षाकोषले बेलिज प्रा.लींद्धारा संचालिन लैनचौरस्थित बेलिज क्यासिनोलाई कोषमा नियमित रकम
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।