नेपाली खेलकुदमा चिनियाँ सरकारको प्रवेश भएको छ । जति पनि भौतिक पूर्वाधार छन् ती सबैजसो चीनले नै बनाउने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले बनाएका कुनै पनि पूर्वाधार उसको सहमति बेगर तलमाथि गर्न पाइने छैन । चीनको यो सम्झौता भने ७० वर्षसम्मको रहेको बताइएको छ । अर्थात् चीनले ७० वर्षसम्म कुनै पनि पूर्वाधार बिग्रिए वा मर्मत गर्नुपर्ने भए आफै आएर बनाउने छ । काठमाडौंमा रहेको चिनियाँ राजदूतावासको सहमतिपछि मात्र थपघटबारे प्रक्रिया अगाडि बढ्ने छ ।

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै छिमेकी मित्र राष्ट्र चीनले नेपाली खेलकुदमा पुनःर्निर्माणको हात हालेको हो । सातदोबाटोमा रहेका मुख्य पूर्वाधार चीनले बनाउने छ । चीनले पौडी पोखरीमा पनि हात हालेको छ । भइरहेको पौडीपोखरीलाई पुनःनिर्माण गर्न खोज्दा पौडीको सिजनमा समेत असर पुग्ने हो कि भन्ने चिन्ता ब्यक्त गर्न थालिएको छ । त्यसैगरी अन्य संरचना पनि बनाइँदैछ ।
मुलुकको एकमात्र दशरथ रंगशाला लथालिङ्ग छ । त्यसको मर्मत र निर्माण पहाड फोर्नुभन्दा कठिन छ । ०७२ सालको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले असर पु¥याएका संरचना पनि चीनले बनाउने छ । भूकम्पमा मुलुकका तीस सानाठूला पूर्वाधारमा क्षति पुगेको थियो । तर, चीनको भागमा तत्कालका लागि सातदोबाटो खेलकुद परिसर र त्रिपुरेश्वर रहेको छ ।
हुन त राष्ट्रिय खेलकुद परिषदले देशभरमा १४ वटा कभर्ड हल, ८ वटा रंगशाला र केही जिल्ला खेलकुद समितिका भवनसंगै केही एकेडेमीहरूमा क्षति पुगेको प्रतिवेदन भूकम्पपछि नै तयार पारेको थियो । तर, त्यसलाई मर्मत गर्नेतर्फ खेलकुद परिषद नलाग्दा समस्या भएको थियो ।
खेलकुद परिषदलाई संरचना पुनःर्निर्माण गर्ने कुनै हतारो देखिएको छैन । तर, आसन्न सागका लागि ढिलै भएपनि चीनले काम थालेको छ । चीनले जथाभावी संरचना बनाउने र भत्काउने खेलकुद परिषदको प्रवृत्ति भने रोक्ने भएको छ । यसो गर्दा भ्रष्टाचारसमेत रोकिने विश्वास गरिएको छ ।
यसले परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई भने कुनै समस्या नहुने भएको छ । उनी चिनियाँ यस कदमप्रति खुसी भएको बताइएको छ । आफ्नो कार्यकालमा दिगो तरिकाले निर्माण गर्ने कम्पनी छिरेपछि उनी खुसी देखिएका हुन् ।
परिषद उच्च स्रोत भन्छ –सानातिना काम गरेर ठूलो रकम हसुर्ने बानी परेकाहरूलाई यसले भने रोक लगाउने भएको छ । चिनियाँ कम्पनीले आफूले निर्माण गरेको काममा केही तलमाथि गर्नुपर्ने भए आफूहरूलाई पूर्ण जानकारी दिएर आफूहरूकै टोली आएरमात्र थपघट गर्ने सर्त राखेको छ ।
हुन त चीनले अत्यावश्यकीय कामका लागि यहींकै प्राविधिकलाई सिकाउने गरेको छ । दशरथ रंगशालाको फ्लड लाइटका लागि पनि चीनले यहींकै इन्जिनियरलाई सिकाएको थियो । तत्काल आइपर्ने समस्याबारे यहींका सीमित प्राविधिकलाई सिकाएर जाने उनीहरूको नीति छ ।
फ्लड लाइटका ट्रान्समिटरहरू चोरी भइसकेकाले फ्लड लाइट पनि बनाउनु पर्ने भएको छ । यसले थुप्रै खर्च हुने अनुमान गरिएको छ । चिनियाँ यस कामप्रति विश्वस्त भने हुन सकिने परिषद स्रोत जनाउँछ । परिषदका अधिकांश कामहरू अब सातदोबाटोबाटै हुने भएका छन् ।
यसका लागि कार्यालयका सामग्री सार्ने काम भइरहेको छ । यसले गर्दा अब दशरथ रंगशालाको बाँकी संरचना पनि भत्काएर बनाउनु पर्ने देखिएको छ । त्रिपुरेश्वरमा रहेको कार्यालय सातदोबाटोमा सर्दा भने पायक नपर्ने भएकाले धेरैले समस्या बेहोर्नु पर्ने चर्चा खेलाडीहरूबीच सुरु भएको छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित