February 26, 2018

आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ , मन्त्रीकाे टुंगाे लाग्यो , मन्त्रालयकाे लागेन?

 

फागुन १४, काठमाडाैं । बाम गठबन्धनकाे सरकारले आज सरकार  विस्तार गर्दैैैैछ ।एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।  हिजो  माअाेवादी एमालेकाे बैठकले मन्त्रालय बाँडफाँड र मन्त्रीहरूकाे नाम टुंग्याएका छन्।

फाेटाे फायल

केपी शर्मा अाेलीकाे सरकारमा माओवादीले गृहसहित ७ मन्त्रालय पाउने भएकाे छ । माओवादीले गृह सहित जलस्रोत तथा उर्जा, श्रम तथा रोजगार, महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय पाउने छन् । यी मन्त्रालयहरूमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ।सरकारमा थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टु‌गो भएको छ। थप एक जनाको नाम  आजै  टुंगो लाग्ने बतार्इएकाे छ।

यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय सहित परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा बाँकी सात मन्त्रालय लिएकाे छ । ती मन्त्रालयमा पनि आजै  मन्त्रीहरू पठाउने तयारी भएकाे छ । स्रोतका अनुसार सरकारमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी, रघुवीर महासेठ, हृदयेश त्रिपाठी र नारदमुनि राना मन्त्री हुँदैछन् ।यी सबै आज (सोमबार) मन्त्री बन्ने भएका छन्। राष्ट्रिय जनता पार्टीका नेता त्रिपाठीले गत प्रतिनिधीसभा निर्वाचनमा पार्टी त्यागेर स्वतन्त्र हुँदै नेकपा एमालेकाे सूर्य चिन्हमा निर्वाचन लडेका थिए । यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।

नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथका लागि समय ब्यवस्थापन गर्न भनिएकाे छ । गत शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो। दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने