निर्णय प्रक्रियामा त्रुटि भएकै हो : प्रधानमन्त्री देउवा

PM-sher-bahadur-deubaकाठमाडाैं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन्।

‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति बैठकमा शुक्रबार उनले भने, ‘यो निर्णय आफ्नै अध्यक्षतामा गठन भएको निर्देशक समिति हुँदै मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपथ्र्यो।’ बैठकमा देउवाले अब यस्तो त्रुटि नहुने बताएका थिए।

मन्त्रिपरिषद्को गत १० गतेको बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको थियो। समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसालले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिनेलगायतको प्रगतिविवरण प्रस्तुत गरेपछि समिति उपाध्यक्ष भीमबहादुर रावलले आपत्ति जनाएका थिए।

एमाले उपाध्यक्ष रावलले लामो समयसम्म बैठक नबोलाएकोमा असन्तुष्टि जनाउँदै तत्कालीन कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई हटाउने, डा. गोविन्द पोखरेललाई ल्याउने, केही सयममै उनलाई चुनावमा सहभागी गराउने र भुसाल ल्याउने प्रक्रियामै यत्रो समय खर्चंदा पीडितले राहत पाउन नसकेको बताए। ‘भूकम्पपीडित र बाढीपीडितले समयमै राहत नपाएको विषयमा जिम्मेवार को हुने ? तत्काल प्रधानमन्त्री वा कार्यकारी प्रमुखले चित्तबुझ्दो जवाफ दिनुपर्छ’, उनले भने।

पीडितलाई तीन लाख राहत स्वरुप प्रदान गर्दै आएकोमा पुनः एक लाख थप गर्दा ऐन, नियम, कानुनअनुसार हुनुपर्ने कि नपर्ने भन्दै आफूले कानुनी आवाज उठाएको उनले बताए। ‘निर्देशक समिति उपाध्यक्ष एमालेलाई यस्तो गम्भीर निर्णयमा जानकारी दिनुपर्ने कि नपर्ने ? ’ रावलले बैठकमा प्रधानमन्त्री देउवा र कार्यकारी अधिकृत भुसालसँग जवाफ माग गरेका थिए।

सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप आफूले लगाउँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विवाद गरेको उनले जानकारी दिए। कार्कीले भूकम्पपीडितलाई थप एक लाख दिने निर्णय जायज भएको दाबी गरेका थिए। अर्थमन्त्रीको स्वेच्छाचारी धारणाको प्रतिवाद गर्दै रावलले भने, ‘तपाईं ढिलो आउनुभयो। मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु। सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन।’ त्यति भनिसक्दानसक्दै कार्की उठेर पाखुरा सुर्कंदै आफू भएको ठाउँमा आएको रावलले जानकारी दिए। ‘मैले पुनः प्रतिवाद गर्दै तपाईंहरू स्वेच्छाचारी मात्र होइन, निरंकुश पनि हुनु हुनुहुँदोरहेछ भनेँ,’ बैठकमा भनेको कुरा रावलले सुनाए, ‘कार्कीजी नियम, कानुनको पालना गर्नुपर्दैन भन्दै उफ्रिएपछि प्रधानमन्त्रीले मनसाय गलत नभएको तर निर्णय प्रक्रियामा त्रुटि भएको स्वीकार्नुभयो।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने