January 29, 2018

एमाले – माओवादी पार्टी एकता स्थगित भएकै हो त ?

 

काठमाडौं, १५ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ ।

एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै पार्टीका नेताहरुवीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको उच्च स्रोतको दाबी छ ।

‘हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’ एक माओवादी नेताले भने,‘उहाँहरुले अध्यक्ष नदिने भएपछि हामी पनि एकताकोलागि किन लम्पसार पर्ने त?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ । हिजो ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।

स्रोतका अनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । राष्ट्रपति, उपराष्ट्र, सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो । सूत्रहरुले दिएको जानकारी अनुसार राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ । र, उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसको लागि एमाले नेताहरु पूर्ण रुपमा तयार भैसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक