आइतवार विहान बसको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएपछि आज सोमबार १२ बजे देखि पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको तालघरेमा अवरूद्ध गरिएको छ । आइतबार बिहान ७ बजे पोखरा बाट डुम्रे तर्फ जादै गरेको ना ५ ख ६१०० नम्वरको बसले तनहुँको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको थियो ।डुम्रेतर्फ जाँदै गरेको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो । बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो ।
न्यौपाने आइतबार दुध बेच्न घरबाट दमौली बजार आउदै गरेका थिए । सोही घटना लाई लिएर स्थानीय बासिन्दाद्वारा पृथ्वी राजमार्ग अबरुद्ध गरिएको छ ।
बसधनीलाइ दमौली झिकाउनुपर्ने, पिडित पक्ष संग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीय बासिन्दाहरुले राजमार्ग अवरूद्ध
गराएका हुन् ।
राजमार्ग बन्द गरिएपछि यात्रुहरुबीच बाटामो नै अलपत्र परेका छन् । बस धनी नआए सम्म राजमार्ग बन्द नै रहने स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सइ मनोज पाण्डेले बस धनि संग कुराकानी भैरहेको र दमौलि ल्याउने तयारि भइरहेको जानकारी दिए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने