सरकारले क्यान्सरको किमो लिइरहेका, मिर्गौलाको डायलासिस गराइरहेका र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिने भनेको जीवन निर्वाह भत्ता माघ पहिलो सातादेखि कार्यान्वनयमा आउने भएको छ । यस्ता बिरामीलाई प्रतिमहिना ५ हजार रुपैयाँ दिने तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री दीपक बोहराले निर्णय कार्यान्वयनका लागि आवश्यक सबै तयारी पूरा भएको भन्दै माघ पहिलो सातादेखि नै कार्यान्वनयमा आउने बताए । विपन्न भत्ताका लागि स्वास्थ्य मन्त्रालयले सूर्ती कर कोषबाट रकम जुटाउने बताइएको छ । कोषको रकम अहिलेसम्म ७५ प्रतिशत क्यान्सर तथा मुटु रोगको उपचार गर्ने अस्पताललाई, १५ प्रतिशत मन्त्रालयको कार्यक्रमलाई र १० प्रतिशत रकम सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने अभियानमा क्रियाशील हुन गैरसरकारी संस्थालाई दिँदै आएको थियो ।
सूर्तिजन्य पदार्थ बिक्रीबाट वार्षिक रुपमा उठ्ने करिब ११ अर्ब रुपैयाँको २५ प्रतिशत अर्थात् करिब पौने ३ अर्ब मन्त्रालयमा आउने भएकाले यसैबाट विपन्न भत्ता दिन लागिएको हो । अहिले भने अर्थ मन्त्रालयले करिब ५० करोडमात्रै सो कोषका लागि स्वास्थ्य मन्त्रालयलाई उपलव्ध गराउँदै आएको छ । कतिपयले भने केही रोगका लागि यसरी रकम वितरण गर्ने सरकारी योजनाको आलोचना गर्दै बरु ठूलो रकम रोग लाग्ने अवस्था नै आउन नदिने अभियान अर्थात् स्वास्थ्य प्रवद्र्धनमा खर्च गर्नुपर्नेमा जोड दिएका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने