अब काङ्ग्रेस नाङ्गै बसेर सडकमा घाम ताप्छ! : ओली

एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धन भत्काउन खोज्नेलाई ‘खुराफातमा पिएचडी गरेका डाक्टर’ को संज्ञा दिएका छन् । उनले त्यस्ता डाक्टर नाङ्गै सडकमा हिड्ने अवस्था उनले समेत बताए ।बुधबार स्वास्थ्य परीक्षण गर्न थाइल्याण्डको बैंकक जानु अघि बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । oli_to_thailand_Js5wta9jEU‘खुराफाती डाक्टरहरु बाम गठबन्धन भत्काउन नाङगै सडकमा हिँडेका छन् तर त्यो उनीहरुको योजना सफल हुँदैन, उनीहरु अव माघको घाम ताप्छन्’, ओलीले भने । दुई पार्टी छिट्टै एक हुनेमा आशंका नगर्न आग्रह गर्दै ओलीले भने, ‘म फर्केपछि अरु समितिहरु बनाइन्छ, त्यसपछि एकता प्रकृया तीव्र हुन्छ ।’  पार्टी अध्यक्ष प्रचण्ड हुने हो भन्ने पत्रकारको प्रश्नमा ओलीले अहिले बोल्दा हतारो हुने बताए । 
त्यस्तै नेताको व्यवस्थापनमा समस्या भएको भन्ने समचारको पनि खण्डन गरे । भने‘ हामी नेताको व्यवस्थापन हैन, मुलुकको व्यवस्थापन गर्न लागेका हौ, गरिवी र चिसोको व्यवथापन गर्न गइरहेका छौ जवकी समृद्ध राष्ट्र बनाउने हम्रो योजना छ । ’

ओलीले सरकारलाई असक्षमको संज्ञा दिए । ‘निर्वाचन सम्पन्न भएको एक महिना विसितसक्दा पनि सरकारले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्न ढिलाई गरेर आफ्नो असक्षमता देखाएको छ यो भन्दा असक्षमता के हुन्छ ?’ अध्यक्ष ओलीले भने, ‘प्रतिनिधि सभा सरकार गठन गर्न व्यवस्था गरिएको हो । महिलाको ३३ प्रतिशतको कुरा राष्ट्रिय सभा र प्रदेश सभाबाट गरिन्छ तर, आयोगले प्रतिनिधिसभाको नतिजा रोकेर हामीलाई पाठ पढाइरहेको छ ।’ 

निर्वाचन आयोग कसैको गोटी बनेर नतिजा सार्वजनिक गर्न ढिलाई गरिरहेको ओलीले आरोप समेत लगाए । ‘आयोग मत परिणाम सार्वजनिक गर्न आनाकानी गर्छ । निहुँ खोज्छ । अनि हामीलाई पढाउन खोज्छ ’ओलीको भनाई छ । ओली थाइ एयरलाइन्सको विमानबाट नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनी माघ २ गते फर्कने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने