पुस २६,काठमाडौं : बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो।
पोर्चुगलको नक्कली राहदानीमा पुस १८ गते नेपाल छिरेका रहमान र हुसेनले कुनमिङ जाने क्रममा शंकास्पद व्यवहार देखाएपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि थप सोधपुछ र निगरानी गरेका थिए। त्यही क्रममा अध्यागमनका कर्मचारीले राहदानी परीक्षण गर्दा पोर्चुगलको राहदानी नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलको दुई वटा राहदानी भेटिएको थियो। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको बताए। अध्यागमन विभागले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
नेपाल आउने क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले रहमान र हुसेनले प्रयोग गरेको पोर्चुगलको नक्कली राहदानीमा आगमन अनुमति(अराइभल) दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले समेत पोर्चुगलको नक्कली राहदानीमा नेपालको भिसा लगाइदिएपछि विमानस्थल अध्यागमनका कर्मचारीले कुनै शंकाबिना उनीहरूलाई पोर्चुगलकै नागरिक सम्झी आगमन अनुमति दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले पोर्चुगलको नक्कली राहदानीमा किन र कसरी नेपालको भिसा दियो भन्ने विषयचाहिँ रहस्यमय बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित