राजा र राणाहरुलाई दिने दोष अब हामीमाथि आउँछ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्तिको समापनसँगै अब आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बेला भएको बताएका छन् । चितवनको भरतपुर उद्योग वाणिज्य संघको नवौ अधिवेसनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अबको ५ वर्षमा विकास निर्माणलाई गति दिन तथा नेपाल र नेपाली जनताको अर्थिक अवस्था परिवर्तन गर्न नसके मुलुक असफल राष्ट्र हुने दाबी समेत गरे ।

prachanda_dKYAXEWB8j

 ‘विकास निर्माणलाई गति दिन नसके सिङ्गै नेपाल असफल हुनेछ । नयाँ युग थालनीको कुरा, परिवर्तन संस्थागत गर्ने कुरा गरेका छौ, यि काम पुरा गर्ने दायित्व र जिम्मेवारी दुवै हामीमै आएको छ । दुई ठुला देशको विचमा रहेकाले पनि हामी उनिहरुसँगै विकास गर्न सकिन्छ भनेर अघि बढ्नुपर्ने छ त्यसका लागि संकल्प चाहिन्छ ।’ 

ठुलो संघर्षकाबीच संविधान जारी भएको स्मरण गर्दै प्रचण्डले अव मुलुक असफल भए पहिले जसरी राजा, राणा र पञ्चायतलाई दोष दिएर उम्कने ठाउँ नरहेको पनि बताए । ‘अब राजा, राणा लगायतलाई दोष दिने ठाउँ छैन, अब त दोष हामी सबैलाई जान्छ हामी सबै डुव्छौ त्यसका लागि सचेत हुन जरुरी छ’ प्रचण्डले भने । 
५ बर्षभित्र नयाँ युग आएको र परिवर्तन सम्भव छ भन्ने जनतालाई बुझाउन सके दशकौँसम्म नेपालको राजनीति स्थिर बन्ने बताए । 

फरक प्रशंगमा अध्यक्ष प्रचण्डले चितवन जिल्ला देशको राजधानी बन्ने पनि बताएका छन् । 

उनले चितवन जिल्ला सवै हिसावले देशको राजधानी बन्नसक्ने धेरै आधार भएको र त्यसका लागि आफ्नो प्रयास जारी रहेको पनि बताए । ‘चितवन कनेक्टीभिटी र डाइनामिक अवस्था भएको जिल्ला हो, यसको विकासका लागि राज्य र व्यवसायीको तर्फबाट संकल्प चाहिन्छ, त्यसो भने औधोगिक नगरीसँगै देशको राजधानी बनाउन कुनै समस्या हुँदैन ।’ चितवनसँगै समग्र राष्ट्रको विकास गर्ने आफ्नो योजना भएको भन्दै प्रचण्डले अब आर्थिक परिवर्तनमा आफुसँगै संकल्पसहित लाग्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने