शन्की मान्छेको कथामा शेरबहादुर !

काठमाडौं,२१ पुस- शेरबहादुर शन्की मान्छेको कथामा निर्माण भएको फिल्म हो । अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमल्लिएको छ । निडर, शन्की र बलियो पात्र शेरबहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमल्लिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको निर्माण पक्ष बताउँछ ।

Sher-bahadur-768x323

फिलमको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भूमिका फिल्ममा रहेको छ । एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् ।

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाएको छ । यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । फिल्मका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको