अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे ।

दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ।
‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कात्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनै लाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।’
१० वर्षीय स्कुले छोरासँगै छन् । १२/१३ वर्षकै उमेरदेखि भारत जान थालेका विकलाई चुनाव भन्नेबित्तिकै जितेका नेताहरूले केही काम गर्छन् कि भन्ने आस पनि लाग्छ ।उनको मनमा गाउँमा सडक, स्कुल र स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माण हुँदा मजदुरी गर्न पाइन्छ कि भन्ने आस पनि छ । नेताहरूले पनि हरेक निर्वाचनमा रोजगारीको अवसर खोजिने आश्वासन दिँदै आएका छन् ।
तर, अवस्था भने अझै उस्तै रहेको विकले बताए । ‘गाउँमा भोट माग्न जाँदा अब भारत गइरहनु पर्दैन भन्छन्,’ उनले भने, ‘चुनाव जितेपछि नेताहरू काठमाडौं लाग्छन्, हामी काम खोज्दै भारत पस्छौं ।’यो खबर आजको कान्तिपुरमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित