चुनावपछि नेताहरू काठमाडौं, युवा काम खोज्न भारत

अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे ।
touyh_uVwZ7xEkpj
दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ।

‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कात्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनै लाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।’

१० वर्षीय स्कुले छोरासँगै छन् । १२/१३ वर्षकै उमेरदेखि भारत जान थालेका विकलाई चुनाव भन्नेबित्तिकै जितेका नेताहरूले केही काम गर्छन् कि भन्ने आस पनि लाग्छ ।उनको मनमा गाउँमा सडक, स्कुल र स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माण हुँदा मजदुरी गर्न पाइन्छ कि भन्ने आस पनि छ । नेताहरूले पनि हरेक निर्वाचनमा रोजगारीको अवसर खोजिने आश्वासन दिँदै आएका छन् ।

तर, अवस्था भने अझै उस्तै रहेको विकले बताए । ‘गाउँमा भोट माग्न जाँदा अब भारत गइरहनु पर्दैन भन्छन्,’ उनले भने, ‘चुनाव जितेपछि नेताहरू काठमाडौं लाग्छन्, हामी काम खोज्दै भारत पस्छौं ।’यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०