मतदान स्थगित : मतपेटिका फुटाइयो र मतपत्र च्यातियो

अर्घाखाँची ,मसिंर २१ : मतदान अधिकृतले हस्ताक्षर नगरी मतदान गराएको भन्दै दलका प्रतिनिधिले विरोध जनाएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित एउटा केन्द्रमा मतदान स्थगित भएको छ ।

सन्धिखर्कस्थित मथुरा निमावि ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतले १३२ वटा मतपत्रमा हस्ताक्षर नगरी भोट हाल्न लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षरविना १३२ जनाले मतदान गरेको थाहा पाएपछि स्थानीयबासी विरोधमा उत्रिएका थिए । विरोधमा उत्रेका स्थानीयबासीले मतपेटिका फुटाएर मतपत्र समेत च्यातेका छन् भने मतदान केन्द्रका फर्निचर पनि भाँचेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार स्थानीयबासीले मतदान केन्द्र तोडफोड गरेपछि मतपत्र, मतेपटिका र अन्य निर्वाचन सामग्रीसहित निर्वाचन टोलीलाई कार्यालयमा फिर्ता बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने