को हुन् हेगको अदालतमा विष पिउने ‘युद्ध अपराधी’ स्लोबोदान प्रालियेक ?

सन् १९९२ देखि १९९५ का बीच बोस्नियामा भएको गृहयुद्धमा अपराधी ठहर गरिएका बोस्निया क्रोएशियाको सेना (एसवीओ) का पूर्व कमाण्डर स्लोबोदान प्रालियेकले हेगमा आफू विरुद्ध चल्दै गरेको मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि विष पिएका छन् । विष सेवनले उनको मृत्यु भएको छ । 

46CD529700000578-5128353-image-a-106_1511956382202_5Soo4GXm54

क्रोएशियाको सरकारी संचारमाध्यमका अनुसार स्लोबोदनले विष सेवन गरेपछि उनलाई तत्काल अस्पताल पठाइएको थियो । जहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । स्लोबोदान बोस्निया क्रोएशियाका ती छ राजनीतिक र सैन्य कमाण्डरहरु मध्येका एक थिए जसको सुनवाई हेगमा चलिरहेको थियो । 

उनीसहित त्यस समयका राजनीतिक तथा सैन्य कमाण्डरहरुविरुद्ध अन्तर्राष्ट्रिय क्रिमिनल ट्राइब्यूनल (आईसीटीवाई) मा मुद्धा चलिरहेको थियो । स्लोबोदान सैन्य तथा राजनीतिक कमाण्डर रहेको समयमा बोस्निया क्रोएशियाली सेनाले मोस्टर शहरमा मुस्लिमहरु विरुद्ध गरेको नरसंहारमा उनले ती मुसलमानहरुलाई जोगाउन कुनै भूमिका नखेलेको आरोपमा उनलाई मानवता विरोधी अपराधमा दोषी पाइएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् । 

मोस्टर शहरमा भएको नरसंहारमा ८ हजार मानिसले ज्यान गुमाएको बताइएको छ । उनले आफ्नो पालामा मुस्लिमहरुलाई टर्कीसहरु रहेको बताउँदै उनीहरुविरुद्ध कारवाही गर्न उक्साएको बताइएको छ । उनकै पालामा बोस्नियाको मोस्टर शहरमा पुराना मस्जित तथा पुलहरु भत्काउन भूमिका खेलेको अदालतले उल्लेख गरेको छ । 

उनलाई सन् २०१३ मा २० बर्षको सजाय तोकिएको थियो । उनले आफू माथि अन्तर्राष्ट्रिय न्यायालयले न्याय नगरेको भन्दै माथिल्लो अदालतमा अपिल गरेपछि उनको सुनवाई भैरहेको थियो । तर ट्राइब्युनल कोटले उनको सजाय यथावत राख्ने बताएपछि उनले विषपान गरेको बताइएको छ । 

 

को थिए स्लोबोदान ?

सन् १९४५ मा स्लोबोदानको प्रालियेकमा जन्म भएको थियो । जुन ठाउँ हालको बोस्निया–हर्जगोविनियामा पर्छ । उनले सन् १९७०– ७२ मा इन्जीनियरिङ, दर्शनशास्त्र, समाजशास्त्र र नाटकमा डिप्लोमा गरेका थिए । सन् १९७०–८० मा उनी युद्धमा सहभागि हुनु अघि उनले लामो समय दर्शनशास्त्र, समाजशास्त्र र नाटक निर्देशकका रुपमा काम गरेका थिए । 

युगोस्लाभियामा युद्ध शुरु हुँदा उनी क्रोएशियाको सेनामा भर्ती भए तथा मेजर जनरलको पदसम्म पुगे । साथै, बोस्निया क्रोएट डिफेन्स फोर्स (एचवीओ) को कमाण्डर समेत नियुक्त भए । उनले युद्धमा हतियारको वितरणमा ठूलो भूमिका खेलेको विश्वास गरिन्छ । 

सन् १९९४ को मार्च महिनामा अमेरिकाको पहलमा क्रोएशिया र मुस्लिम सेनाको बीच शान्ति सम्झौता भएपछि उनी विभिन्न व्यापार व्यवसायमा संलग्न भएका थिए । राजधानी जागरेबमा उनको होटेल, रेष्टुरेन्ट र निर्माण व्यवसाय छ । 

तर सन् २००४ मा उनीमाथि हत्यामा संलग्न रहेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक न्यायालयमा मुद्दा चलाईएपछि उनले आफू दोषी नरहेको बताउँदै आफै अन्तर्राष्ट्रिय आपराधिक न्यायालय पुगेका थिए । जहाँबाट उनलाई हिरासतमा लिई हेगको सैन्य कारागार चलान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने