डा. बाबुरामको तीन पार्टीमाथि हमला : चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्छ ?

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताएका छन् । ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ठूला पार्टीका शीर्ष नेताहरु अरबौंका अनियमितता काण्डसँग जोडिएकोले उनिहरुको नेतृत्वमा समृद्धि सम्भव नभएको बताए ।

 

baburam_bhattari_2_a8ZHRmlx1u

‘म दावीका साथ भन्न सक्छु, तीन पार्टीका शीर्ष नेताहरु अरबौं अनियमितताका खेलहरुमा सहभागी छन्,’उनले भने, ‘चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्नँ । भ्रष्टाचारको अन्त्य समृद्धिको अर्को महत्वपूर्ण शर्त रहेको उनको तर्क थियो ।

संयोजक भट्टराईले माओवादीलाई एमालेमा विलिन गराएपछि आफ्ना पूर्वसहकर्मी प्रचण्डले जननिर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको पनि बताए । ‘एकपटक भित्ते राष्ट्रपतिको रुपमा चर्चित मेरा मित्र प्रचण्डजीले पार्टीलाई एमालेसँग विलिन गरेसँगै कार्यकारी राष्ट्रपतिको मुद्दा छाडिदिनुभयो, ‘उहाँहरुको घोषणापत्र हेर्नुहोस्, उक्त एजेण्डा नै गायव छ ।’

कांग्रेसका लागि संसदीय व्यवस्था नै सर्वोपरि भएकोले उनीहरुबाट शासकीय स्वरुप परिवर्तनको अपेक्षा नभएको भट्राइकोे तर्क थियो । उनले भने, ‘कांग्रेसका लागि चिसो भनेको कोकाकोला भनेजस्तै संसदीय व्यवस्था भनेकै सर्वोपरि छ, उनीहरुबाट यो अपेक्षा थिएन ।’

विगत २५ वर्षमा २६ वटा सरकार र १० वर्षमा १० सरकार बनेको उदाहरण दिदै संयोजक भट्टराईले अहिलेको संविधानमा भएको गलत शासकीय स्वरुप सच्याउन संविधान संशोधन गर्नुपर्ने तर्क अगाडि सारे ।

‘नयाँ शक्ति मात्रै यस्तो पार्टी हो, जसले जनताद्वारा प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई दृढतापूर्वक उठाएको छ,’ उनले भने, ‘हामी संसद पूर्ण समानुपातिक र राष्ट्रपति पूर्ण कार्यकारी बनाउने र संसदभन्दा बाहिरबाटै मन्त्रि हुने व्यवस्थाको वकालत गरिरहेका छौं ।’ 
समृद्धिका लागि शान्ति, स्थिरता र सुशासन
मुलुकको समृद्धिको लागि शान्ति, स्थिरता र सुशासन आधारभूत आवश्यकता रहेको उनले बताए । ‘पुराना दलहरुले विकास र समृद्धिका सतही कुरा मात्रै गरिरहेका छन् समृद्धिको लागि पहिलो शर्त राष्ट्रिय एकता हो, यसको लागि नेपालको विविधता सम्बोधन हुने गरी संघीयताको सही अर्थमा कार्यान्वयन हुनुपर्छ ।’ 
बलियो व्यवस्था सधैं टिक्दैन
‘जित्नेलाई मात्रै भोट दिने हो भने राणा शासन सधैं टिक्थ्यो, पञ्चायत पनि टिकिरहन्थ्यो,’ उनले फरक प्रसंगमा भने ‘बलियोलाई मात्रै भोट हालियो भने संसारमा परिवर्तन आउँदैन ।’ उनले सहिदहरुले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध बलिदानी गरेको स्मरण गर्दै भने, ‘हाम्रा सहिदहरुले परिवर्तनको आँट गरेका थिए । सहिदहरुको बलिदानी बलिया शक्तिहरुकै विरुद्ध थियो ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस