प्रचण्ड : चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व गर्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ । 

Prachanda_1_mGWSfr4quE

संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्नुभयो । 

चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भने “सही समयमा सही निर्णय गर्नुपर्छ ।” 

उनले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुने बताए । 

लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताए । 

उनले चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको पनि बताए । 

सो अवसरमा भरतपुर महानगरपालिका–१९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामा, प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङलगायत काँग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने