प्रहरीका तीन आईजीलाई प्रचण्डले भने, ”प्रकाशको सहन निधन होइन, हत्या भएजस्तो लाग्यो”

काठमाडौ  ३ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुत्र प्रकाशको सहज निधन नभई हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रचण्डले झापाबाट राजधानी फर्केलगत्तै लाजिम्पाटस्थित निवासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखलाई बोलाएर हत्या भएको आशंका गरेका हुन् ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लाजिम्पाट पुगेका थिए । प्रहरी उच्च स्रोतका अनुसार प्रचण्डले आफूलाई प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानविनका लागि निर्देशन दिएका छन् ।

‘मलाई उसको सहज निधन भएको जस्तो लाग्दैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘के भएको हो सत्यतथ्य छानबिन गर्नुस ।’

उनले प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गरे । ज्वरो आएको भन्दै प्रकाश बाम गठबन्धनले आइतबार झापाको विर्तामोडमा आयोजना गरेको चुनावी सभामा बाबुसँग गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने