राप्रपाको घोषणापत्र सार्वजनिक : हिन्दुराष्ट्र फर्काउने घोषणा

२१ कात्तिक,काठमाडौं : उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । उसको घोषणापत्रमा राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पलाई प्रमुखताका साथ उल्लेख गरिएको छ ।

Kamal-Thapa-RPP-Nepalमंगलबार बिहान ललितपुरस्थित हिमालय होटलबाट सार्वजनिक भएको घोषणापत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै राजतन्त्र फर्काउने संकल्पसहितको दस्तावेज सार्वजनिक भएको हो । कमल थापा लामो समयदेखि राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् । थापा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालका गृहमन्त्री समेत हुन् ।

कलम थापाले घोषणापत्रमा आफ्नो पार्टी चुनावी राजनीतिभन्दा माथि रहेको र त्यही आस्थामा निरन्तर अटल रहेको एउटा संस्था भन्दै राजतन्त्र फर्काउने संकल्प गरेका छन् । कमल थापाको घोषणापत्रमा भनिएको छ, ‘सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने छ ।’

राप्रपाको घोषणापत्रमा राजसंस्थासँगै हिन्दु राष्ट्रलाई समेत महत्वका साथ उल्लेख गरिएको छ ।

घोषणापत्रको पूर्णपाठ :
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र, २०७४ आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, हामी नेपाली जनता फेरि एकपटक महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन गईरहेका छौं ।

आगामी प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव मुलुकमा शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण कायम गर्दै समग्र आर्थिक विकासको दिशातर्फ अघि बढ्ने स्वर्णिम अवसर हो । यो चुनाव नेपालको भविष्य निर्माण गर्ने ऐतिहासिक क्षण पनि हो । यस्तो महत्वपुर्ण प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन लाग्नु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । करिब अठार वर्षपछि संसदको चुनाव हुँदैछ । नेपालको संविधान जारि भएपछि पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

यस अवसरमा स्वभाविक रुपले विगत दुई दशकको देशको अवस्थाको विश्लेषण र मुल्याङन हुन जरुरी र प्रासंगिक हुन्छ । मुलुकमा आमुल परिवर्तनको नारा दिएर २०५२ मा शुरु भएको हिंसात्मक द्वन्द्व र २०६२/६३ को जनआन्दोलन पश्चात हामी कहाँ जान हिंडेका थियौं र अहिले कहाँ आईपुगेका छांै, यसको समिक्षा आम नेपाली मतदाताहरुले ईमानदारी पुर्वक गर्नु पर्दछ । चुनाव भनेको केवल भोट हाल्ने सामान्य प्रक्रिया मात्र होईन । चुनाव मुलतः देश र जनताको भाग्यको फैसला गर्ने महान प्रजातान्त्रिक अभ्यास हो । विवेक र न्यायको प्रत्याभुति दिलाउने र अभिव्यक्ति गर्ने आत्मदान हो चुनाव । त्यसर्थ, आदरणीय दिदीबहिनी दाजुभाईहरु, देशको वर्तमान अवस्थाको समिक्षा गरौं । नेपालको ईतिहासमा अनेक उतारचढावहरु आए गए, व्यवस्थाहरु परिवर्तन भए, शासकहरु फेरिए ।

व्यवस्था र व्यक्ति राम्रो नराम्रो जे भएपनि नेपालको स्वतन्त्रता, अखण्डता र एकता सदैव अक्षुण्ण रहेको थियो । अहिले सानै रुपमा भएपनि देश टुक्र्याउनु पर्छ भन्ने एउटा समुहको जन्म भएको छ र तराईमा क्रियाशील छ । नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको सनातन हिन्दुराष्ट्र एवं नेपाली समाजको अस्तित्व र एकताको आधारको रुपमा रहेको हिन्दुत्व विस्थापित हुने खतरा बढेर गएको छ । समग्र अर्थतन्त्र कमजोर भएको छ । प्रत्येक दिन करिब दुई हजार युवाहरु सामान्य रोजगारीको निमित्त विदेश पलायन हुनु पर्ने बाध्यता त्यसको ज्वलन्त उदारहण हो । प्रजातन्त्र स्वयं सुदृढ हुन सकेको छैन ।

प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थी धरापमा पर्न सक्ने तथा अधिनायकवाद हावि हुन सक्ने खतरा कायम नै छ । राज्यको प्राय सबै संयन्त्रहरु पार्टीकरणको तिव्र चपेटामा परेर निष्प्रभावी बन्दै गैरहेका छन् । भ्रष्टाचार अत्यन्त डरलाग्दो रोगको रुपमा देखा परेको छ । गरिब र धनी बिचको खाडल फराकिलो हुँदैछ र निरपेक्ष गरिबीको रेखामुनी बस्ने जनताको संख्या अपेक्षित रुपमा घट्न सकेको छैन । आखिर यस्तो किन भयो ? सदियौंदेखिको दासताबाट नेपाली जनतालाई मुक्त तुल्याउने लक्ष्य बोकेर सुरु भएको अभियान किन विपरित दिशातर्फ मोडियो ? चुनावमा मतको प्रयोग गर्नुपूर्व आफ्नो अन्तरआत्मासँग यो प्रश्नको जवाफ खोज्नु प्रत्येक नेपाली मतदाताको राष्ट्रिय दायित्व हो । यो अवस्था सिर्जना हुनुमा केवल केही पात्रहरुको कमजोरी मात्र होईन । निश्चय पनि नेतृत्वमा रहेका पात्रहरुको अकर्मण्यता र सत्तालिप्साको भूमिका महत्वपूर्ण रहेको छ । तथापि, मुलतः गलत नीति र मार्गचित्र नै मुलुकको वर्तमान नियतीको मुल कारक हो । यो प्रवृत्ति, नेतृत्व र कारकतत्वलाई तत्काल वा हठात परिवर्तन गर्न सकिन्न । आगामी चुनावले त्यस दिशातर्फ निकै सुधार गर्न सक्दछ ।

केवल मतदाताको विवेक र साहसिक निर्णयको आवश्यकता पर्दछ । जनताले आफुलाई पार्टीको दावेदारको रुपमा होईन देशको मालिकको रुपमा सोचेर राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दण्ड दिने कार्यको थालनी नै देश बचाउने र बनाउने मुल मन्त्र हो । यसै पृष्ठभूमीमा  नेपालको  राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकमा विद्यमान संकट समाधानको निमित्त वैकल्पिक विचार, नीति र मार्गचित्र बोकेर राष्ट्रिय राजनीतिमा क्रियाशील रहेको छ । सम्बर्द्धनवादको वैचारिक दर्शनको धरातलमा उभिएर राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व, सुदृढ स्थानीय शासन प्रणाली र खुला बजारमुखि आर्थिक नीतिको माध्यमबाट सवल र सम्बृद्ध नेपाल निमार्ण गर्ने परिकल्पना नै राप्रपाको वैकल्पिक विचार र मार्गचित्रको मुलभूत सार हो । नेपालको संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्ना मान्यता र लक्ष्य प्राप्त गर्ने नीति राप्रपाले अवलम्बन गरेको छ । यही नीति र मान्यतामा अडेर आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निमित्त यो घोषणापत्र ंजनसमक्ष प्रस्तुत गरेका छौं । आम नेपाली मतदाताहरुको स्नेह, सद्भाव र मतको निमित्त सविनय अपिल गर्दछौंं।

राप्रपा नै किन ? 

राप्रपा सुस्पष्ट विचार र अलग पहिचान बोकेको राजनैतिक दल हो । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा सशक्त वैचारिक प्रतिपक्षको रुपमा स्थापित भएको छ । अत्यन्त कठिन परिस्थितिमा पनि आफ्नो विचारमा अविचलित रुपले प्रतिवद्ध रहने सिद्धान्तनिष्ट पार्टीको  रुपमा राप्रपाको पहिचान बनेको छ । – राप्रपा आफ्नो सिद्धान्तमा अटल रहने, सक्षम, राष्ट्रवादी, प्रजातन्त्रवादी, कर्मठ एवं ईमानदार नेता तथा कार्यकर्ताहरु भएको पार्टी हो, जसलाई नेपाली जनताले भरोसा गर्न सक्दछन् । – आगामी चुनावमा दुई मुख्य विषयहरुमा राजनैतिक दलहरुलाई जनताले जनादेश दिनेछन् । त्यो हो पहिलो, पाँच वर्षसम्म सरकारको संचालन र दोस्रो मुलुकको भावी वैचारिक कार्यदिशाको निर्धारण । पाँच वर्ष अगाडि यस्तो जनादेश प्राप्त गर्ने प्रमुख भनिने राजनैतिक दलहरु अलग–अलग एवं समष्टिमा समेत आफ्नो जिम्मेवारी पुरा गर्न असक्षम भएका छन् । ती दलहरुले परिर्वतनलाई संस्थागत गर्ने क्रममा अवलम्बन गरेका मार्गचित्र, नीति र अवधारणाहरु असफल सावित भएको छ । ती दलहरुले जनतालाई धोका दिएका छन् तथा तिनको अकर्मण्यता, राष्ट्रहित विरोधी चरित्र, अविश्वसनीय बोली तथा व्यवहार, गलत नीति र सत्तालोलुपताले गर्दा देश अहिले संकटको भुमरिमा परेको छ । फलरुवरुप जनता विकल्पको खोजीका छन् । त्यो विकल्प राप्रपा हो । – यसैबीच दिगो शान्तिको स्थापना, राष्ट्रियताको सम्बर्द्धन, प्रजातन्त्रको सुदृढीकरण एवं समग्र आर्थिक विकासको उदेश्य प्राप्तिका निमित्त राप्रपाले वैकल्पिक मार्गचित्र र अवधारणा जनसमक्ष प्रस्तुत गरेको छ । असफल मार्गचित्र, पात्र, प्रवृति, नीति र नेतृत्वको विकल्प खोज्ने कार्यमा आगामी चुनावबाट राष्ट्रले साहसिक निर्णयको अपेक्षा गरेको छ । त्यो अपेक्षा जनताका ताजा जनआदेशद्वारा पुरा गर्न सकिन्छ भन्ने राप्रपाको दृढ अठोट छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने