पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग अख्तियार आयोगले लियो बयान

१९ कात्तिक, काठमाडौं : विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ ।

 

Rajendra-Kishore-Kshatri-810

उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो ।

चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसलगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गर्‍यो । उक्त निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले अध्यक्षता गरेका थिए ।

आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने बताउँदै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । र, आर्विट्रेसनबाट कुनै उपलब्धि नभएको र झण्डै अढाइ करोड खर्च भएको ठहर गरेको छ ।

‘प्राधिकरणको रकम दुरुपयोग गरेको र अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न कोशिस गरेकाले अख्तियारले तीन जनालाई बयानमा बोलाएको हो,’ स्रोतले भन्यो ।

बयानका लागि बोलाइएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने