November 1, 2017

असन्तुष्ट कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

 १५ कात्तिक, भक्तपुर : आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

thआसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए ।

दंगालले भने, “हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनाँै तर भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेको राम्रो पकड हुँदाहँुदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भयो भन्ने जानकारी आयो, यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरेका हौँ ।”

तालाबन्दी गर्दै क्षेत्र नं १ का नेता कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । यसबारेमा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले तालाबन्दीले कुनै असर नपर्ने बताउँदै केही कार्यकर्ताले त्यसमै असन्तुष्टी मात्र पोखेको दाबी गरे ।

यसबारेमा पनि पार्टीमा छलफल भइरहेको उनले बताए । यसअघि वाम गठबन्धनले भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेशतर्फ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (ख) माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता कार्यकर्ताले विरोध गरेका थिए ।

तालाबन्दीका क्रममा नेता तथा कार्यकर्ताले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं (ख) मा एमालेले कुनै हालतमा नछाड्ने र अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । एमालेले भक्तपुर क्षेत्र नं १ मा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको थियो भने प्रदेशसभातर्फ (क) मा हरिशरण लामिछाने र (ख) मा रोमन शिलाकारको नाम सर्वसम्मत सिफारिस गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने