डा.बाबुराम : समृद्धिका लागि पर्खाल होइन, पुल बनाऔं

काठमाडौं, ५ कात्तिक : नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा महत्वपूर्ण परिवर्तनहरु लोकतान्त्रिक र वामपन्थी शक्तिहरु मिलेर मात्र सम्भव भएको स्मरण गरेका छन् ।

naya-shakti-gorkha-2-e1508672090368

आइतबार गोर्खा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी मनोनयनपछि गोर्खाबजारमा आयोजित कोणसभामा संयोजक भट्टराईले समृद्धिको लागि पनि लोकतान्त्रिक र वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । ‘नेपालको राजनीतिक इतिहासमा जति पनि महत्वपूर्ण परिवर्तनहरु भएका छन्, ती सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरुको सहकार्यबाट मात्र सम्भव भएको छ,’ उनले भने, ‘०४६ सालको जनआन्दोलन होस् वा ०६२/६३ को जनआन्दोलन, यसैगरी संविधान निर्माण कार्य पनि ।’

उनले राजनीतिक परिवर्तनपछि देशमा समृद्धिको लागि पनि यी दुवै शक्तिहरुको सहकार्य अपरिहार्य भएकोमा जोड दिए । ‘अब समृद्धिको लागि सहकार्य आवश्यक छ,’ प्रसिद्ध वैज्ञानिक अल्बर्टआइन्स्टाइनलाई सम्झँदै भने, ‘आइनस्टाइनले भन्नुभएको छ कि हामीले पर्खालमात्र बनायौं तर बनाउनुपर्ने पुलहरु थियो ।’ उनले कम्युनिष्ट र कांग्रेस भनेर झगडा गरेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारे ।

‘यी दुई शक्तिको बीचमा पर्खाल होइन, समृद्धिको लागि पुल हाल्नुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसको लागि हामीले गोर्खाबाट फेरि अर्को नयाँ प्रयोग गरेका छौं र यसलाई नेपालले मात्र होइन, विश्वभरीले ध्यान दिएर हेरिरहेको छ ।’ उनले विगतका कुरा सम्झिएर अगाडि बढ्न नसकिने भन्दै समयअनुसार भूमिका फेर्नुपर्नेमा जोड दिए । शान्ति सम्झौतापछि मेलमिलापको अवधारणामा अगाडि बढ्नुपर्ने बताउँदै उनले ‘बिर्सिने र क्षमा दिने’ मान्यतामा अगाडि बढ्नै विकास र समृद्धिको लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।

यसैगरी डा. भट्टराईले मनोनयनपछि पत्रकारहरुसँग कुरा गर्दै गोरखालाई विकासको नमुना जिल्ला बनाउने प्रतिक्रिया दिएका थिए । ‘यो सामान्य चुनाव मात्र होइन । संघीय लोकतान्त्रिक गणतन्त्रणको संविधानपछिको पहिलो चुनाव हो,’ उनले भने, ‘यसले आगामी पाँच बर्ष राजनीतिको मार्ग निर्देशन गर्छ । देशमा अहिले राजनीतिक एजेन्डा फेरिएको छ ।’ उनले पहिला लोकतन्त्रको लडाईं मुख्य भएको भन्दै अब नयाँ संविधान पछि हुन लागेको यो निर्वाचनको मुख्य मुद्दा भनेको विकास र समृद्धि भएको यसका लागि देशमा राजनीतिक स्थायित्व चाहिनेमा जोड दिए ।

उनले अहिलेको चुनावी प्रणालीले एउटै दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको भन्दै नयाँ शक्तिले समृद्धिका लागि मेलमिलापको नीतिलाई अगाडि सारेको बताए । ‘संयुक्त उम्मेद्वारको नाताले सवैको सहयोग रहनेछ भन्ने अपेक्षा छ । हामीले यो जिल्लालाई विकासका मोडल बनाएर लैजाने छौँ,’ उनले भने, ‘हिजो जुन विचारका वैचारिक लडाई र पर्खाल थिए, अब ती भत्केका छन् । विकासका लागि मेलमिलाप वा पुल निर्माण गर्ने कुरा हो । शान्ति र स्थायीत्व कायम गर्ने कुरा हो ।’

उनले गोर्खाली जनतालाई धन्यवाद दिँदै भने, ‘म गोरखाका जनताप्रति आभारी छु । यही हुर्केँ । यहीँबाट चुनाव लडेँ । अहिले अनेत्र जाने कुरा हुने थिएन । गोरखासँग मेरो भावनात्मक सम्बन्ध छ ।’ उनले अगाडी भने, ‘फेरि गोरखा सामान्य जिल्ला पनि होइन । राज्य निर्माणको काम पृथ्वीनारायण शाहले यहीँबाट गरे । राणा शाहीको विरुद्ध लड्ने लखन थापा पनि गोरखाली नै थिए । राज्य निर्माण र लोकतन्त्रका लागि जस्तै विकास र समृद्धिको कुराको अगुवाई पनि गोरखाले गर्छ । यसका लागि हामी तयार छौँ ।’

उनले गोरखाका जनताले भारी मत दिएर जिताउने विश्वास व्यक्त गर्दै आफूले राज्य निर्माण र लोकतन्त्रका लागि जस्तै आर्थिक समृद्धिका लागि यहाँबाट योगदान दिने प्रतिवद्धता जनाए । ‘गोरखालाई विकास निर्माणको नमुना बनाउने हो । यसका लागि नयाँ शक्ति र काँग्रेस दुवै प्रतिबद्ध भएर लाग्छन्,’ उनले भने, ‘दुवैको प्रतिबद्धता रहन्छ । हामी संयुक्त अभियान चलाउछौँ ।’

जनयुद्धका क्रममा सबैभन्दा शीर्ष तहबाट सहादत प्राप्त गर्ने सहिद सुरेश वाग्लेका छोरा दिपक वाग्लेले भट्टराईको उम्मेदवारीको समर्थन गरेका छन् भने अर्का सहिद परिवार रमेश पोखरेलको प्रस्ताव र कांग्रेस गोर्खा सभापति हरि घले भट्टराईको समर्थक रहेका छन् ।

गोर्खा क्षेत्र न‌ं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चिनकाजी श्रेष्ठले संविधान निर्माणको क्रममा भट्टराईले गरेको दुःख र मेहनत स्मरण गर्दै समृद्धिको सपना पूरा गर्न सबै शक्ति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।