२० असोज, काठमाडौं – बालुवाटारमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दलीय कार्यदल बैठक चलिरहेका बेला तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुरले साझा उम्मेदवार बनाउने सहमतिमा हस्ताक्षर गरे ।
यादव नेतृत्वको संघीय फोरम र ठाकुर नेतृत्वको राजपा कांग्रेस गठबन्धनका मुख्य घटक थिए ।
तर, प्रदेश २ को स्थानीय चुनावमा दोस्रो र तेस्रो भएका दुई पार्टीले अब त्यहाँ कांग्रेससँग सहकार्य होइन, प्रतिस्पर्धा रोजेका छन् । दुई दलले साझा उम्मेदवार जित्ने ठाउँमा कांग्रेससँग प्रतिस्पर्धा गर्नेछन्, बाँकी ठाउँमा मात्र सहकार्य गर्ने नीति लिएका छन् ।
राजपा नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘मधेसको मामिलामा हामी दुई पार्टी एक ठाउँमा आएका छौं । त्यसबाहेकको कुनै ठाउँमा कांग्रेसलाई आवश्यकता होला, कुनै ठाउँमा हामीलाई जरुरत होला । त्यस्ता स्थानमा हामी तालमेल गर्छौं ।’
यससँगै लोकतान्त्रिक गठबन्धनमा राजपा र संघीय फोरमको सहभागिता झण्डै औपचारिकमा मात्र सीमित हुनेछ ।
दुई दलको बलियो पकड प्रदेश २ मा मात्र हो । प्रदेश २ मा प्रतिनिधिसभाको ३२ सिट छ । स्थानीय चुनावमा राजमार्ग क्षेत्रमा एमाले र माओवादी बलियो देखिएका छन् भने केही ठाउँमा तीन ठूला दल नै प्रतिस्पर्धामा छन् । कांग्रेस, राजपा र संघीय फोरमले जितेका धेरै स्थानीय तहमा उनीहरु नै एकअर्काका प्रतिस्पर्धी हुन् ।
यद्यपि प्रदेश ५ र १ का तराई मधेसका भूभागमा राजपा र संघीय फोरमको राम्रै उपस्थिति देखिएको छ ।
कांग्रेसका एक नेता पनि राजपा र संघीय फोरमसँग चुनावी तालमेल गर्न कठीन भएको स्वीकार्छन् । ‘पश्चिम क्षेत्रमा एमाले बलियो देखिएको छ, अरु क्षेत्रमा मात्र उनीहरु देखिएका छन् । कांग्रेसको पनि सिट आउने त्यहीं हो,’ उनले भने, ‘राम्रो तालमेल हुन गाह्रो छ ।’
यसबाहेक कांग्रेस नेतृत्वको गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र विजय गच्छदारको लोकतान्त्रिक फोरम छन् ।
दुवै राजपालाई आफ्नो अस्तित्व जोगाउन पनि वाम वा लोकतान्त्रिकमध्ये कुनै एक गठबन्धनको सहारा आवश्यक छ । किनकि, समानुपातिकमा तीन प्रतिशतसँगै प्रत्यक्षमा एक सिट नजिते राष्ट्रिय पार्टीको हैसियत प्राप्त हुँदैन । तर, लोकतान्त्रिक गठबन्धन गरे पनि दुवै दल धेरै निर्वाचन क्षेत्रमा कांग्रेसको जितका लागि निर्णायक हुने देखिँदैन ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको