१३१ स्थानीय तहको परिणाम, को कहाँ अगाडि?

स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३१ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। १ सय ३६ तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ।local-election

अहिलेसम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ। संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ।

माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १७ तहमा विजयी भएको छ। लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएको छ।

अब बाँकी रहेको ५ स्थानीय तहमा नेकपा एमाले र संघीय समाजवादी फोरम २-२ तथा माओवादी केन्द्र १ स्थानमा अग्रता लिएका छन्।

को कहाँ अगाडि

माओवादीले अग्रता लिएका स्थानीय निकाय

धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव

एमालेले अग्रता लिएका स्थानीय तह

बारा :-कलैया उपमहानगरपालिका विनोद शाह

बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान

पर्सा:-वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी

सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग